Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमालेको ‘गोल्डन अफर’ अस्वीकार गरेका माधव पुरानो गठबन्धनभित्र ‘कर्नर’मा !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १९ २०७९
  • 2.6K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट पुस १० मा प्रधानमन्त्री बन्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सन्तुष्ट थिएनन् । प्रचण्ड एक्लै गएर बालकोटमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेको भन्दै अध्यक्ष नेपालले सार्वजनिक रूपमै गुनासो पोखेका थिए ।

प्रधानमन्त्री भइसकेपछि प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई समेत सरकारमा ल्याउन पहल गरे पनि नेकपा एमाले अध्यक्ष ओली इच्छुक भएनन् । जसका कारण माधव नेपालमा थप असन्तुष्टि बढ्दै गयो । यता सरकारमा नेकपा एमालेको हालीमुहाली बढ्दै जाँदा प्रधानमन्त्री प्रचण्डले समेत असहज महसुस गर्न पुगे । सोही कारण राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्ड नेकपा एमाले नेतृत्वको गठबन्धन छाडेर पुरानै गठबन्धन ब्युँताउने प्रयासमा लागिरहे । 

उक्त प्रयासमा नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसको समेत प्रचण्डले भरपुर साथ पाए । जसका कारण फागुन १२ गते भएको ८ दलको छलफलले पुरानो गठबन्धनब्युँताउने निर्णय नै गर्‍यो । तर पुरानो गठबन्धन ब्युँताउन सम्पूर्ण शक्ति खर्चेको नेकपा एकीकृत समाजवादी हालको आठ दलीय गठबन्धनमा ‘पावर सेयरिङ’को सवालमा ‘कर्नरमा’ परेको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नेकपा एमालेले अन्तिम समयमा राष्ट्रपति लड्न आग्रह गर्दा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट छुट्टिन नमानेका नेपाल आठ दलमा हुने शक्ति बाँडफाँटमा भने कर्नरमा पुगेका हुन् । अहिलेसम्म पावर सेयरिङबारे आठ दलीय गठबन्धनभित्र खासै छलफल भई नसके पनि नेकपा एकीकृत समाजवादीले दुई मन्त्रीमा मात्रै चित्त बुझाउनुपर्ने अवस्था देखिएको छ ।

यद्यपि चुनावअघिको गठबन्धनब्युँताउन फागुन १२ गते बालुवाटार बैठकमा भएको छलफलअनुसार आगामी ५ वर्षे कार्यकालमा आलोपालो प्रधानमन्त्रीमा एक वर्ष माधव नेपाललाई दिन सकिनेमा नेताहरू सकारात्मक बनेका थिए ।  नेताहरुबीच त्यस्तो सहमति भएपनि नेपाल प्रधानमन्त्री बन्ने स्पष्ट कानुनी आधारसमेत छैन । जबकि संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रचण्डपछि प्रधानमन्त्री चयन हुने भनेकै उपधारा ३ अनुसार हो । यो व्यवस्था अनुसार प्रतिनिधि सभामा सबैभन्दा ठुलो दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ । 

त्यसमा पनि गठबन्धनभित्र नेता नेपालको पार्टीभन्दा ठुलो पार्टी जसपाको भएकाले नेपाल भन्दा उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउनु उचित हुने तर्कहरू समेत बलियो गरी उठ्न थालेको छ । उपेन्द्रजीलाई संसद्मा ल्याउने एक हिसाबको सहमति भैसकेको छ । त्यस्तो अवस्थामा माधवको भन्दा ठुलो पार्टी पनि उपेन्द्रजीकै छ, प्रधानमन्त्री परिवर्तन हुने बेला उपेन्द्रजीले पनि स्वाभाविक रूपमा दाबी गर्न सक्नुहुन्छ’,नेपाली काँग्रेसका एक पदाधिकारी भन्छन्, ‘माधवजीको पार्टीले पाउने भनेको २ मन्त्रीबाहेक केही देखिँदैन ।

नेताहरुबीच भएका औपचारिक अनौपचारिक छलफलमा नेपाली काँग्रेसको राष्ट्रपति, नेकपा माओवादी केन्द्रको प्रधानमन्त्री, जसपाको उपराष्ट्रपति,नेपाली काँग्रेसकै राष्ट्रिय सभा अध्यक्ष हुने गरी ‘मोटो सहमति’ भैसकेको छ । यो अवस्थामा नेकपा एमालेले गरेको राष्ट्रपति प्रस्ताव नै अस्वीकार गरेको नेकपा एकीकृत समाजवादीले आलोपालोमा प्रधानमन्त्री दिने आश्वासनबाहेक उसको भागमा अरु केही नपर्ने देखिएको हो ।

अध्यक्ष नेपाल नेकपा एमालेको राष्ट्रपति प्रस्ताव अस्वीकार गरेपछि उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिका उम्मेदवार बनेका छन् । आठ दलीय गठबन्धनबाट भने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् । आठ दलीय गठबन्धनमा रहेका मतदाताको सङ्ख्या हिसाब गर्दा राष्ट्रपतिमा पौडेल निर्वाचित हुने लगभग निश्चित जस्तै छ । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचन र चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनपछि सरकार पुनर्गठन गर्ने तयारी प्रधानमन्त्री प्रचण्डको छ ।  मन्त्रिमण्डल पुनर्गठनका बेला नेकपा एकीकृत समाजवादीले महत्त्वपूर्ण मन्त्रालयहरू अर्थ, भौतिक योजनालगायतको दाबी गर्न सक्छ । त्यसबाहेक नेता नेपालको पार्टीले केही मुख्यमन्त्रीको पनि दाबी गर्न सक्छ तर त्यो दाबी पनि कमजोर हुने देखिन्छ । 

यस्तो अवस्थामा राजनीतिक र संवैधानिक दुवै पदमा कर्नरमा पर्ने देखेर नै हुन सक्छ अध्यक्ष नेपालले पछिल्लो समय नेकपा एमाले समेतको राष्ट्रिय सहमतिको सरकारको कुरा गर्न थालेका छन् । यही आइतबार फागुन १४ मा जनकपुर पुगेर अध्यक्ष नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने अभिव्यक्ति दिएका थिए । प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ पुगेका उनले सञ्चारकर्मीको जिज्ञासामा भने, ‘सरकार पुनर्गठनबारे छलफल भएको छैन ।

तर, नेकपा एमालेलाई किन सरकारबाट निकाल्ने ? नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई धोका दिन नचाहेरै राष्ट्रपति नेकपा एमालेको प्रस्तावमा बन्न अस्वीकार गरेको नेपालको भनाइ छ । नेपाली‘काँग्रेस र नेकपा माओवादी केन्द्रलाई धोका दिएको भए र सबै खालको रिस्क मोलेको भए पक्कै पनि बन्थ्यौँ,’ उनले भने, ‘तर राष्ट्रपति बन्नकै लागि मरिहत्ते गर्नुलाई उचित ठानिनँ ।

तर नेकपा एमाले सचिव योगेश भट्टराई आठ दलीय गठबन्धनको सरकारमा नेकपा एमाले सहभागी हुने कुनै सम्भावना नरहेको बताउँछन् । ‘अहिले नेकपा एमाले यो गठबन्धनको सरकारमा सहभागी हुदैन । प्रतिपक्षमै बस्छ’, सचिव भट्टराई भन्छन्, नेकपा एमालेसहितको सरकार उहाँहरूले नै टुटाएको हो । त्यस्तै सचिव भट्टराईले नेकपा एकीकृत समाजवादीले पुरानो गठबन्धनब्युँताउन जति प्रयास गरे पनि गठबन्धनभित्र शक्ति बाँडफाँटमा उसको भूमिका कमजोर र कर्नरमा परेको आफूले महसुस गरेको बताएका छन् ।

माधवकुमार नेपाललाई हामीले गोल्डेन प्रस्ताव गरेका हौँ । तर उहाँले अस्वीकार गर्नुभयो । पुस ९ गते पनि हाम्रो अध्यक्षले कुरा गर्न खोज्दा उहाँले कुरा गर्न खोज्नुभएन र एउटा मौका गुमाउनुभयो’, सचिव भट्टराईले भने, ‘दोस्रो मौका उहाँलाई राष्ट्रपतिको उम्मेदवार भनेर प्रस्ताव गर्दा पनि अस्वीकार गर्नुभयो । एकातिर वामपन्थी एकताका लागि कार्यदल गठन गर्ने, अर्कोतिर नेपाली काँग्रेस गठबन्धनमा बस्ने नेपालको गतिविधिले कहीँ नपुग्ने नेता भट्टराईले टिप्पणी गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४