Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खानेपानी र ढल बनाउँदा पनि नेटवर्कमा समस्या देखियो : नेपाल टेलिकम


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १९ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नेपाल टेलिकमले उपत्यकामा सडक, खानेपानी, ढल र विद्युत मर्मतका क्रममा आफ्नो पूर्वाधारमा क्षति पुगेर मोवाइल र टेलिफोनका ग्राहकले समस्या भोग्नुपरेको बताएको छ ।

टेलिकमले शुक्रबार एक विज्ञप्ति जारी काठमाडौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, कीर्तिपुर लगायत स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुगेर ग्राहकले समस्या भोग्नुपरेको बताएको छ ।

‘सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनामा क्षति पुग्ने गरेको छ’ टेलिकमका प्रवक्ता शोभन अधिकारीले भनेका छन्, ‘यसले गर्दा हजारौ ग्राहकहरु वर्तमान समयमा अत्यावश्यक भइसकेका दूरसञ्चार सेवाहरु प्राप्त गर्नबाट तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ ।’

टेलिकमले संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने भन्दै आफूहरु सबै निकायसँग समन्वय र सहकार्य गर्न तयार तयार रहेको बताएको छ ।

संरचनामा क्षति पुगेर सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मत गर्ने गरेको पनि टेलिकमका प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४