Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारीप्रति राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको कडा टिप्पणी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १८ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपतिबारे कडा टिप्पणी गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेको स्मरण गर्दै उनले नेकपा एमालेको मात्र राष्ट्रपति बनेको आरोप लगाइन् ।

राष्ट्रियसभा उपाध्यक्ष भएपछि पहिलो पटक सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्यालले राष्ट्रपति, उपराष्ट्रपतिले सबैको अभिभावकीय भूमिका खेल्नुपर्ने बताइन् । नागरिकता विधेयक दुई–दुई पटक पठाउँदा पनि रोक्नु पीडादायक भएको उनको भनाइ छ ।

राष्ट्रपति पार्टीभन्दा माथि उठ्नुपर्ने भन्दै अर्यालले भनिन्, ‘नयाँ हिसाबले सोचेर, भनेर एकचोटी फर्काउनुभयो, ठीक छ । दोस्रो पटक आइसकेपछि उहाँ त संवैधानिक पदमा रहेको व्यक्ति हो नि । मैले यहाँ डिक्टेट गर्न मिल्छ त ? मिल्दैन नि ।

‘उहाँ सधैं नेकपा एमालेको मात्र राष्ट्रपति भइराख्नुभयो । त्यही विधेयक हुबहु अध्यादेशका रुपमा आएको बेला ओके गर्नुभयो । कानुन बनेर जाँदा रिजेक्ट गर्नु त भएन नि !

उनले राष्ट्रियसभाको उपाध्यक्ष रहँदा आफ्नो भूमिका सन्तुलित हुन नसके सजग गराउन आग्रह गरिन् । आफूभन्दा माथि राष्ट्रियसभा अध्यक्ष भएकाले क्रस गरेर हस्तक्षेपकारी भूमिका नखेल्ने भन्दै उनले भनिन्, ‘मेरो मर्यादामा रहेर आफ्नो भूमिका बढाउन सक्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४