Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कैलालीमा बैंककाे ब्याजदर विरूद्ध व्यवसायीको आन्दोलन जारी व्यवसायीले बैंकमा आज कारोबार नगर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १८ २०७९
  • 2K
    SHARES

काठमाडौँ । बैंकहरूले लिइरहेको चर्को ब्याजदरविरुद्ध सुदूरपश्चिमका उद्योगी व्यवसायीहरू आन्दोलित भएका छन् ।

यहि फागुन १५ गतेदेखि बिहान ११ बजे सम्म बजार बन्द गरेर सरकारलाई दवाव दिइरहेका सुदूरपश्चिमका उद्योगी व्यवसायीहरूले बिहीबार बैंकहरूमा कारोबार नगर्ने भएका हुन् ।

बिहीबार बिहान ९ बजेदेखि धनगढीको चटकपुरबाट चौराहा हुँदै पार्क मोडमा पनि विरोध र्याली निकाल्ने कैलाली उद्योग वाणिज्य संघले तयारी गरेको छ । पार्क मोडमा कोणसभा गर्ने र सबै बैंकहरूमा दवाव मूलक धर्ना दिने कार्यक्रम रहेको संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिनुभयो ।

कैलालीमा भइरहेको यस्तै आन्दोलन सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा नगरहरूमा समेत भइरहेको छ। उनीहरूले सरकारले ब्याजदर नघटाउँदासम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूसँगको समन्वयपछि आन्दोलनका कार्यक्रम तय गरिएको थियो । सोही अनुसार सबै जिल्ला र नगरमा आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४