Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस-नेकपा एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछि संसद बैठक १८ दिन सर्‍यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १७ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछि प्रतिनिधि सभाको बैठक १८ दिन पर सरेको छ ।

प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो एक बजे बस्ने तयारी थियो । तर,नेपाली कांग्रेस र नेकपा एमाले दुवैले आफूहरु प्रतिपक्षमा बस्ने जानकारी संसद सचिवालयलाई गराएका छन् । त्यसपछि दलहरुसँगको समन्वयमा संसद सचिवालयले सूचना जारी गरेर बैठक नै आगामी चैत ५ गतेसम्मका लागि स्थगित गरिदियो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणबस सभामुखले प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख छन । त्यो विशेष कारण भनेको नेपाली कांग्रेस र नेकपा एमाले दुवै प्रतिपक्षमा बस्ने स्थिति हो । नेपाली कांग्रेस र नेकपा एमाले दुवै प्रमुख प्रतिपक्षको बेन्चमा बस्ने अवस्था आएपछि संसद बैठक स्थगित गरिएको एक नेताले बताएका छन् ।

पहिले सरकारमा रहेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएर सरकारबाट बाहिरिसकेको छ । नेकपा एमालेका लिलानाथ श्रेष्ठले आफूहरु आजको संसद बैठकमा प्रतिपक्षको बेन्चमा बस्ने बताएका थिए । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण अब नेकपा एमाले प्रतिपक्षी बेन्चमा रहन्छ,’ श्रेष्ठले भनेका थिए ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर पनि प्रतिपक्षको बेन्चमा बस्दै आएको नेपाली कांग्रेस अहिले आठ दलीय सत्ता गठबन्धनमा छ ।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । तर नेपाली कांग्रेस सरकारमा गइसकेको भने छैन ।सरकारमा सहभागी नभइसकेकाले ऊ पनि आजको बैठकमा प्रतिपक्षको बेन्चमा बस्ने तयारीमा थियो । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि भनेका थिए, ‘हामी आजको संसद बैठकमा प्रतिपक्षको बेन्चमा बस्छौं ।

नेपाली कांग्रेस र नेकपा एमाले दुवै प्रतिपक्षको बेन्चमा बस्दा राम्रो सन्देश नजाने भएकाले संसद बैठक स्थगित गरिएको संसद सचिवालयका एक अधिकारीले बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४