Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ को प्रस्तावित नाम टेबल गर्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १७ २०७९
  • 2.7K
    SHARES

प्रदेश १ को प्रस्तावित नामहरुमध्ये कोसी र किराँतमा दलहरुको छलफल केन्द्रित छ ।

काठमाडौँ । प्रदेश १ को नामकरण गर्नका लागि दलहरुले गृहकार्य तीव्र बनाएका छन् । प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालमा नामको विषयले बैठकमा औपचारिक रुपमा प्रवेश नै पाएको थिएन । पछिल्लो राजनीतिक घटनाक्रमकाबीच दलहरुले नामको विषय टुङ्गो लगाउन गृहकार्य तीव्र बनाएका हुन् ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार प्रदेशसभामा आजै नामको विषयले प्रवेश पाउने सम्भावना छ ।

दलहरुबीच सहमति भए आज नामको विषयले औपचारिक रुपमा प्रवेश पाउने उनले बताएका छन् । ‘दलहरुबीच अनौपचारिक छलफल चलिरहेको छ, आज दिउँसो संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक छ,’ उनले भने, ‘बैठकमा सहमति भए आजै नामको विषय टेबल हुन्छ ।

उनका अनुसार प्रदेशमा दलका नेताहरु दुई सातायता अनौपचारिक छलफलमा छन् । छलफलबाट चाँडै नाम टुङ्गो लगाउने सहमति भएको उनले बताएका हुन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज नामको विषयले प्रवेश पाउने सम्भावना रहेको बताएका छन्  ।

नाम टुङ्गो लगाउने विषयमा दलहरु एक मत भएपनि के नाम प्रस्ताव गर्ने भन्ने मतभेद छ । दलहरुबीच कोसी र किराँत नाममा छलफल केन्द्रित छ ।

राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेपछि मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नै नेतृत्वमा नामको टङ्गो लगाउन गृहकार्य गरेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीसँग बालुवाटारमा भएको भेटमा प्रदेश १ को नाम राख्न ढिलाइ भएकोमा चासो राखेका थिए ।

६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले मात्र नाम राख्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४