Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहालको भ्रमण स्थगित भएपछि मन्त्री श्रेष्ठ कतार जाने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १६ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण स्थगित भएपछि कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ जानुहुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको हो । मन्त्री श्रेष्ठको सचिवालयका अनुसार फागुन १९ गते श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल दोहा जानुहुने छ भने २३ गते स्वेदश फर्कने कार्यक्रम रहेको छ ।

एलडीसी राष्ट्रहरूको सम्मेलन यही मार्च ५ देखि मार्च ९ सम्म कतारको दोहामा आयोजना हुँदै छ । पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा ‘सम्भावनादेखि समृद्धिसम्म’ विषयमा बहस हुँदै छ । विश्वका अति कम विकसित देशहरू सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने दौडमा रहेका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम स्थगित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४