Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गगनले गरे प्रचण्डको प्रशंसा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १६ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन व्युँताउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री मात्रै बन्ने लोभ र लालसा भएको भए एमालेसँगैको गठबन्धनमा पनि प्रचण्डलाई उक्त अवसर रहेको उनले उल्लेख गरे । ‘प्रधानमन्त्री मात्रै हुने लालसा भएको भए नेकपा एमालेसँगको गठबन्धन छोड्नै पर्ने थिएन,’ थापाले काठमाडौं–४ मा आयोजित कार्यक्रममा मंगलबार भने, ‘यो गठबन्धनमा आउँदा नेकपा माओवादीले धेरै कुरा पाएको होइन नि ।

नेकपा एमालेसँग गठबन्धन हुँदा उपराष्ट्रपति माओवादीले पाउने सहमति बनेको थियो । आठ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति पद दिन प्रचण्ड तयार भएका छन् ।

पुस १० मा पुरानो गठबन्धनमा राजनीतिक दुर्घटना भएको उनले बताए । दुई महिनापछि सबैले आत्मबोध गरेर पुरानै बाटोमा आएको थापाले बताए ।

दुई महिनापछि एकै ठाउँमा उभिएका छौं । जे भएको छ, एकदमै ठीक भएको छ । यो भन्दा अर्को बाटो जान पाइँदैन्थ्यो,’ थापाले भने, ‘पुस १० गते बनेको गठबन्धन भत्काउन लुकेर लागेको होइन । अध्याँरोमा लागेको होइन । उज्यालोमा घाम लागेको बेलामा त्यो गठबन्धन भत्काउने प्रयास गरेको हो ।’

संसद विघटनको बचाउमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलेपछि गठबन्धन जोगाउने जग तयार भएको थापाको दाबी छ ।

केन्द्रसँगै सातै प्रदेशमा आठ दलीय गठबन्धनको सरकार हुने उनले बताए । सरकारले काम गर्न नसके अरुलाई दोष दिने अवस्था नरहेको थापाले बताए । ‘अब काम गर्न सकेनौं भने कसैलाई दोष दिएर उम्कन पाउँदैनौं । काम, काम, काम र परिणाम दिनुपर्छ,’ थापाले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४