Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नारायणहिटी संग्रहालयमा आजबाट ई-टिकट सेवा शुरु !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १६ २०७९
  • 2K
    SHARES

काठमाडौं । नारायणहिटी सङ्ग्रहालय तथा नारायणहिटी दरबार सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज मंगलबारबाट ई-टिकेटिङ सेवा शुरू गर्ने भएको छ । सङ्ग्रहालय स्थापना भएको १४ वर्ष पूरा गरी १५ वर्षमा पुगेको अवसरमा ई-टिकेटिङ सेवा शुरू गर्न लागेको हो ।

सङ्ग्रहालयका सूचना अधिकारी पुरुषोत्तम थापाले कार्यालयलाई पेपरलेस बनाउने योजनाअनुसार ई-टिकेटिङ सेवा शुरू गर्न लागेको जानकारी दिएका छन् । व्यवस्थित रूपमा टिकटका बिक्रीवितरण गर्न र अवलोकनकर्ताको सहजताका लागि सो व्यवस्था गरेको समितिको दाबी छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले ई-टिकेटिङ सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । सङ्ग्रहालय स्थापना दिवसको अपलक्ष्यमा आज मंगलबार दिउँसो आयोजना हुने कार्यक्रममा सङ्ग्रहालयका सबै पूर्वप्रमुखलगायतको उपस्थिति रहनेछ ।

नारायणहिटी सङ्ग्रहालय खुलेको १५ वर्ष अवधिमा झन्डै ४५ लाखले सङ्ग्रहालय अवलोकन गरेका छन् । आर्थिक वर्ष २०६५ देखि ०७६ सम्ममा ३३ लाख ९९ हजार २ सय ३१ ले अवलोकन गरेका थिए ।

पछिल्लो तीन वर्षमा करिब १० लाखले अवलोकन गरेको सङ्ग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिएका छन् । अवलोकन गर्नेमा हालसम्म सबैभन्दा बढी नेपाली रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४