Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले सरकारबाट बाहिरिन दबाब दिएको नेकपा एमाले उपाध्यक्ष पौडेलको भनाइ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १५ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्डले’ एमालेलाई सरकारबाट बाहिरिन दबाब लिएको बताउनुभएको छ ।

सोमबार नेकपा एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिन गरेको निर्णय सुनाउने क्रममा संचारकर्मीहरुसँग बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । उहाँले गत पुस १० मा भएको सहमतिअनुसार प्रधानमन्त्री दाहाल नगएको दाहालले एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको दाबी गर्नुभयो ।

पौडेलले प्रधानमन्त्री दाहालले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल एमालेका मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउने सम्मको चेतावनी दिएको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले जेनेभा भ्रमणमा जान लाग्नुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको आरोप लगाउनु भयो । उहाँले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्नुले राष्ट्रको इज्जतमाथि नै प्रतिकुल असर परेको दाबी गर्नुभयो ।

पौडेलले भन्नुभयो ‘हामी विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ ।राष्ट्रपतिमा भएको सहमति प्रधानमन्त्रीले कार्यान्यन गर्नुभएन र अरु दलको समर्थनमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गर्नुभयो । तर पनि हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढीरहेका थियौँ ।

प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि जुन किसिमको व्यवहार गर्नुभयो, जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौड्याललाई रोक्नुभयो, उहाँले एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ । त्यसैले सरकारबाट फिर्ता हुने नर्णय गरेका छौँ । राष्ट्रको इज्जतमाथि नै यसले प्रतिकुल असर पारेको छ ।

उहाँले प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको आरोप समेत लगाउनु भयो । गत पुस १० मा दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने बेला एमालेले राष्ट्रपति आफूले पाउनु पर्ने सर्तमा दाहाललाई प्रधानमन्त्री बनाएको दाबी गर्दे आएको छ । तर दाहालको पार्टी नेकपा माओवादी केन्द्रले भने एमालेसँग त्यस्तो लिखित सहमति नभएको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४