Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वस्वीकृति नलिई अन्तर्वार्ता दिँदैगर्दा म्यानपावर कम्पनीमा विभागको छापा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १४ २०७९
  • 2.3K
    SHARES

काठमाडौँ । पूर्व स्वीकृति नलिई वैदेशिक रोजगारीका लागि दुबई पठाउन खोज्ने मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । बुढानिलकण्ठ नगरपालिका–९ सुकेधारामा रहेको एसियापावर रिक्वइटमेन्ट कन्सल्टेन्ट प्रालिमा विभागले छापा मारेर पासपोर्टसहित आवश्यक कागजात नियन्त्रणमा दिएको हो । कम्पनीले साउदीको अर्चिरोदन कम्पनी अन्तर्गत स्हाजभ परियोजना (Shajv project) का लागि ५४१ जनाको माग आएको भन्दै सामाजिक सञ्जालमार्फत विज्ञापन गरेको थियो । सोही आधारमा दार्जुला, रूकुम, डोल्पा हुम्ला, पाँचथर, इलाम लगायतका जिल्लाहरूबाट अन्तर्वार्ता दिन भनेर कम्पनीमा पुगेका थिए ।

बिहान ४ बजे आएर लाइनमा बसेको र अन्तिममा आएर अन्तर्वार्ता नै नदिएर फर्काइएको भन्दै उनीहरू आक्रोशित बनेका थिए । उक्त परियोजनाको लागि ट्रक ड्राइभर, एक्साभेटर अपरेटर, कार्गो क्रेन ट्रक अपरेटर, बुल डोजर अपरेटर, वर्कसप सुपरभाइजर, फोरमेन, इन्जिन मेसिन, हाइड्रोलिक मेसिन, स्टोप किपर लगायतका लागि माग आएको भन्दै अन्तर्वार्ताका लागि बोलाएको थियो । तर, त्यसका लागि लिनुपर्ने पूर्वस्वीकृति नलिएको पाइएपछि विभागले छापा मारेको हो । विभागले छापा मारेर अन्तर्वार्ता रोकेको थियो । अन्तर्वार्ताका लागि दुबईबाट नै सम्बन्धित कम्पनीका प्रतिनिधिहरू समेत आएका थिए ।

विभागले उनीहरूको परिचयपत्रको फोटोकपी लिएर कम्पनीको जिम्मा लगाएको थियो । उनीहरूले अन्तर्वार्ता लिएका १९ जनाको पासपोर्टसहित भरेका फाराम समेत नियन्त्रणमा लिएको हो । पूर्व स्वीकृति नलिइ अन्तर्वार्ता लिइरहेको भन्दै विभागमा उजुरी परेको थियो । सोही आधारमा आज बिहान विभागको टोली कम्पनीको कार्यालयमा पुगेको थियो । जहाँ सयौंको संख्यामा मानिसहरू लाइनमा बसिरहेका थिए । भने विदेशी प्रतिनिधिहरूले अन्तर्वार्ता लिइरहेका थिए । 

तर, मेनपावर कम्पनीले भने आफुले विगतमा लिइएको पूर्व स्वीकृतिको आधारमा कामदार पठाउन लागेको बताएको थियो । जबकी दुई दिनअघि मात्रै फेसबुकमार्फत बुस्ट गरेर उक्त कम्पनीका लागि कामदार आवश्यता भन्दै सूचना निकालेको थियो । विभागको टोली छापा मार्न पुग्दा कम्पनीले दुई दिन अगाडि राखिएको विज्ञापन हटाएको थियो । तर, यसअघि २३ फेब्रअरी २०२३ मा गरिएको विज्ञापन भने यथावत नै छ । 

विभागको आँखा छलेर गैर कानूनी कार्य गर्दै अन्तर्वार्ता लिइरहेको भन्दै विभागले आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ । विभागका शाखा अधिकृत शम्भुकुमार कटुवालले डिमाण्ड अनुसारका आवश्यक पर्ने कागजात पेश गर्न नसकेको बताए । ‘पूर्व स्वीकृति विना अन्तर्र्वाता भइरहेको सूचना आएको थियो । सोही आधारमा आकस्मिक अनुगमन गर्यौं । त्यो क्रममा अन्तर्वार्ता भइरहेको अनुसारको कागजात पेश गर्न सक्नुभएन । अनि अन्तर्वार्ता रोकेका छौं । र आवश्यक कागजात नियन्त्रणमा लिएका छौं ।’ कटुवालले भने । 

विभागले छापा मारेपछि ८ पदका लागि मात्र कामदार पठाउन लागेको दाबी गर्दै आएको थियो । तर, त्यहाँ लाइनमा बसेका सबैले ड्राइभरका लागि अन्तर्वाता दिन आएको बताएका थिए ।  होण्डाई कम्पनीमा लागि कामदार पठाउने भनेर विज्ञापन गरिएको थियो । तर, पूर्व स्वीकृति लिएको नपाइएको कटुवालले बताए । मेनपावर कम्पनीका प्रमुख लालबहादुर थापाले भने आफूहरुले पूर्व स्वीकृति लिएरै अन्तर्वार्ता लिइरहेको दाबी गरेका थिए । तर, विभागले सोही अनुसारको कागजात देखाउन भन्दा पेश गर्न सकेनन् । अर्चिरोदन कम्पनी र अन्य कम्पनीकै ज्वाइन्भ भेन्चर कम्पनी भएको भन्दै उनले सोही आधारमा कामदार माग भएको र त्यही अनुसार अन्तर्वार्ता लिइरहेको बताएका थिए । 

फेसबुकमा कामदारको माग भन्दै गरिएको विज्ञापनमा धेरैले फोन गरेका थिए । सोही आधारमा आजका लागि अन्तर्वार्ताको मिति तोकिएको र कार्यालयमै आउन भनिएको थियो । फोनको आधारमा दार्चुलाबाट अन्तर्वार्ता दिन काठमाडौँ आएका हिरा सिंहले गलत सूचनाको आधारमा आफुहरू फसेको बताए । ‘दार्चुलाबाट फोनको भरमा इन्टरभ्यू दिन आए । यता आएर त पूर्व स्वीृकति नै नलिएको भनियो । हाम्रो बिचल्ली बनाइदियो । यस्तो ठगलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’ उनले भने । 

अन्तर्वार्ताको क्रममा कसैलाई २ हजार साउदी रियाल तलब हुने, दैनिक १० घण्टाको ड्युटी हुने भन्दै एग्रिमेन्ट गर्न लगाइएको थियो । ५ वर्षसम्म काम गर्न पाउने, साउदीको ड्राइभिङ लाइसेन्स भएको हुनुपर्ने जस्तो मापदण्ड तोकिएका थिए । 

Asiapower recruitment 4

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४