Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई महिनामै तीतो अनुभव गरेँ, हिजो खुसी भएँ : प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १३ २०७९
  • 2K
    SHARES

संविधानमाथि प्रहार हुन थाल्दा विगतमा पनि नेपाली कांग्रेस नेतृत्वमा सहकार्य भएको बताउँदै प्रचण्डले शुक्रबारदेखि नयाँ यात्रा सुरु भएको बताएका छन् । उनले अगाडि भने, ‘हिजो खुसी र गर्व महसुस गरेँको छु ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकार गठन पुनगर्ठनको प्रक्रिया सुरु हुने बताएका छन् । राप्रपाका मन्त्रीहरुले राजीनामा दिइसकेको भन्दै उनले नेकपा एमाले करिब करिब प्रतिपक्षमा गएको बताएका छन् ।

महेन्द्रनारायण निधि स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधान र संघीय लोकतन्त्र गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँग सहकार्यले संशय पैदा गर्ने भन्दै उनले आफूले सरकार गठनको दुई महिनामै तीतो अनुभव गरेको बताएका हुन्  ।

आफू प्रधानमन्त्री भएपछि केही शक्ति हौसिएको भन्दै उनले भने, ‘जुन गठबन्धनमा छु, यो संविधान र राष्ट्रको हितमा छैन ।

संविधानमाथि प्रहार हुन थाल्दा विगतमा पनि नेपाली कांग्रेस नेतृत्वमा सहकार्य भएको बताउँदै प्रचण्डले शुक्रबारदेखि नयाँ यात्रा सुरु भएको बताएका हुन् । उनले अगाडि भने, ‘हिजो खुसी र गर्व महसुस गरेँको छु ।

प्रधानमन्त्री त आफूले ८ दलको सहमति भन्दा धेरै उतै नेकपा एमालेसँग पाइसकेको भएपनि त्यसलाई आफूले मुख्य नमानेको उनले बताएका हुन् । स्थायित्व र विकास कुन राजनीतिक प्रक्रियाबाट हुनसक्छ भन्ने मुख्य भएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि आफूले पहल लिएको बताएका छन् ।

शुक्रबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटमा आफूले राष्ट्रिय सहमतिको सूत्रधार बन्ने प्रस्ताव राखेको सुनाएका हुन् । ‘नेपाली कांग्रेसलाई राष्ट्रपति सहमतिले दिउँ । सबभन्दा ठूलो पार्टीको राष्ट्रपति हुन्छ, तपाईंको सभामुख भएकै छ, राष्ट्रियसभाको अध्यक्ष पनि छन्’, प्रचण्डले भने, ‘हामी दुबै गएर नेपाली कांग्रेसलाई राष्ट्रपति तपाईंहरु लिनुस् भन्यौं भने नयाँ राष्ट्रिय सहमति हुन्छ भनको थिएँ । तर उहाँ मान्नुभएन ।

यद्यपि ८ दलको बीचमा जे भयो, त्यो राष्ट्रिय सहमति भएको उनको दाबी छ । ‘किनभने हामी त मिल्न जरुरी थियो नै, सबैलाई यो राजनीतिक प्रक्रियामा इङ्गेज गर्न जरुरी छ’, उनले भने ।

नेकपा एमाले पनि अब कतै जान सक्ने छैन । हो उहाँहरु प्रतिपक्षमा जान सक्नुहुन्छ । करिब करिब जानुभयो । आज मात्रै राप्रपाका मन्त्रीहरुले राजीनामा दिनुभयो । अब कानुनी हिसाबले हामी प्रक्रियामा जानैपर्छ । सरकार नयाँ बन्छ, पुनर्गठन हुन्छ आदि इत्यादि । तर नेकपा एमालेको सभामुख त हुनुहुन्छ, उहाँहरु फुत्किएर जान सक्ने स्थिति त हुँदैन’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले ८ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्को हितमा कसैसँग सम्झौता नगर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४