Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस कोर्स करेक्सन गरेर अघि बढेको छ : विमलेन्द्र निधि


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १३ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीको कार्यक्रममा उनले कांग्रेसले पहिले गठबन्धनलाई निरन्तरता दिन नसकेपनि राष्ट्रपति निर्वाचनअघि कोर्स करेक्सन गरेको बताएका हुन् ।

‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौं । तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौं । तर अहिले पुनः नेपाली कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेका छौं । यो गठबन्धन अब पुनः देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ’ उनले भने ।

नेता निधिले अहिले बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जाने बताए । शुक्रबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले राष्ट्रपति निर्वाचनमा मिलेर जाने सहमति गरेका थिए । सो गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी मनोनयन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४