Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उम्मेदवारी दर्तापछि रामचन्द्र पौडेलले भने : ओलीजी मसँगै जेल बस्नुभएको हो, अन्तिमसम्म सहयोग गर्नुहुन्छ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १३ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एमालेले पनि आफूलाई साथ दिने अपेक्षा गरेका छन् ।

शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उम्मेदवारी दिएपछि उनले राष्ट्रपति पदलाई साझा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि योगदान गर्ने आफूले अपेक्षा गरेको बताए ।

‘एमाले अध्यक्ष ओली पनि म सँगै जेल बस्नुभएको हो, यो पदलाई राष्ट्रको साझा पद बनाउन उहाँले योगदान गर्नुहोला भन्ने अपेक्षा गरेको छु’ उम्मेदवारी मनोनयन दर्तापछि उनले पत्रकारहरुसँग भने । पौडेलले राष्ट्रपतिको चुनाव हुने दिनसम्म एमालेको पनि साथ पाउने बताएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित भएमा नेपालको संविधानको अक्षर र भावनाको अक्षरश पालना गर्ने पौडेलले बताए । त्यस्तै गणतन्त्र संस्थागत गर्ने र नेपाली जनताको सार्वभौमसत्तालाई बलियो र सुरक्षित बनाउने पनि उनले बताए ।

‘नेपालमा आएको परिवर्तनको रक्षा गरेर नेपाली जनताको उन्नती अघि बढाउने, नेपाली जनताको एकता, राष्ट्रिय अण्खडता र राष्ट्रियता सबल बनाउने काममा मेरो सहयोग हुन्छ’ उनले भने ।

२५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४