Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेरि समीकरण भत्किने-नभत्किने सुनिश्चितता अनुसार निर्णय लिन्छौं : रवि लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १२ २०७९
  • 6.2K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ रुपमा राजनीतिक कोर्स अगाडि बढ्न खोजेको आफूहरुको जानकारीमा रहेको बताएका छन् ।

शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएका छन् । नयाँ राजनीतिक कोर्समा आफूहरु पर्ख र हेरको अवस्थामा रहेको सभापति लामिछानेको भनाइ छ ।

राष्ट्रपति र उपराष्ट्रपतिबारे शुक्रबारसम्म आफ्नो पार्टीले निर्णय नलिनुको कारण ठूला दलहरुले राष्ट्रपतिमा कुनै एक व्यक्तिका नाममा सहमति गर्छन कि भन्ने रहेको पनि उनले सुनाएका छन् । उनी अझै आशावादी छन्,८ दलको संयन्त्र बन्यो र नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भन्ने आएको छ । न भोलि शनिबारबार सम्म एउटा उम्मेदवार नेपाली कांग्रेसकै उम्मेदवारको पक्षमा सबै ठूला दलहरु एक हुन्छन् कि । आफ्नो पार्टी शनिबारसम्म राष्ट्रपतिका सन्दर्भमा एउटा ठोस निर्णयमा पुग्न प्रयास गर्ने सभापति लामिछानेले बताएका छन् ।

शनिबारको ८ दलको बैठकमा आफूहरुलाई नबोलाइएको उल्लेख गर्दै उनले नयाँ परिस्थितिमा छलफल गर्न बोलाउँदा जाने बताएका छन् । तर, सहकार्यको सन्दर्भमा फेरि समीकरण भत्किने/नभत्किने सुनिश्चितता खोजिने उनको जवाफ छ ।

अबको सहकार्यका सन्दर्भमा फेरि समीकरण भत्किएला वा नभत्किएला भन्ने हेरेर मात्रै निर्णय लिन्छौं’, रास्वपा सभापति लामिछानेले जन प्रहारसँग भनेका छन् ।

मुलुकमा राजनीतिक स्थिरता प्रदान गर्न र सु-शासनमा काम गर्न विगतमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएको तर, ठूला दलहरुबीचको किचलोका कारण आफूहरु सरकारबाट बाहिरिनु परेको उनको भनाइ छ । ‘जनमत प्रतिपक्षमै बस्ने थियो । तर, भ्रष्टाचारको फाइल खोल्नेदेखि सेवा प्रवाहलाई चुस्त बनाउने सन्दर्भमा स्पिरिट मिल्ने भयो । त्यस अनुसारको मन्त्रालय माग्दा पनि पायौं र गएका हौं’, उनले भनेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४