Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रथम भगवतीटार आलू महोत्सवको सम्पूर्ण तयारी पूरा !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १२ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । पोखरा फागुन १२ कास्की जिल्लाको मादी गाउँपालिका वडा नं.१२ भगवती टारमा प्रथम आलु महोत्सबको तयारीलाई तिब्र पारिएको छ ।
आगामी फागुन १३ गते शनिवार हुन गइरहेको आलु महोत्सव सम्पूर्ण तयारी पूरा भएको मादी गाउँपालिका वडा १२ का वडा अध्यक्ष कृष्णराज दाहालले बताउनू भयो! यसै गरी विभिन्न ५ वटा उपसमिति गठन गरी उपसमिति मार्फत तयारीलाई तिब्रता दिइएको मूल समारोह आयोजक समितिका संयोजक प्रकाश आचार्यले बताउनू भयो ।

भगवती टार आलु महोत्सव आयोजक समितिको आयोजनामा आगामी फागुन १३ गते हुने आलु महोत्सवको मूख्य उद्धेश्य भगवती टारको जग्गा आलुको लागि अति नै उर्वरा भूमि भएको यस क्षेत्रलाई मादी गाउँपालिकाको पकेट एरियाको रुपमा विकास गर्ने मूख्य उद्धेश्य रहेको आचार्यले बताउनू भयो!
भगवती टारमा अर्गानिक आलु उत्पादन हुन्छ भन्ने स्थानको पहिचान गर्नुका साथै आगामी दिनमा संघिय सरकारसँग मादीको पानीलाई प्रयोग गर्दै सिंचाइको व्यवस्था गरी आलुको अलवा अन्य तरकारी तथा फलफुल उत्पादन गर्ने पनि योजना रहेको उनले बताए । यस महोत्वसले यस क्षेत्रका कृषकहरुको आय आर्जनमा समेत थप टेवा पुग्ने विश्वसा आयोजकले लिएको छ ।

आलुबाट बनेका परिकारहरु, आलु सँग सम्बन्धित खुल्ला भजन प्रतियोगिता, ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिका साथै विविध सांस्कृतिक कार्यक्रमहरु महोत्सवका आकर्षणका कार्यक्रम रहेको संयोजक आचार्यले जानकारी दिनूभयो । यसै गरी खूल्ला भजन प्रतियोगितामा प्रथम पुरस्कार ८ हजार, द्धितिय पुरस्कार ५ हजार, तृतिय पुरस्कार ३ हजार र सहभागी समूहरुलाई सहभागी प्रमाण पत्र दिइने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १५ समूहको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ ।

भगवती टार जाऔं, अर्गानिक आलुका परिकारमा रमाऔं भन्ने नाराका साथ हुन गइरहेको मादी गाउँपालिका सह आयोजकको रहेको महोत्वसमा करिब २ लाख ५० हजार खर्च हुने र बाँकी बचत रकम हराभरा भगवती कृषक समूहको कोषमा जम्मा गरी कृषकको लागि कृषि कार्यमा खर्च गरिने उहाँले बताउनू भयो । सबै सामाजिक संघ संस्थाहरुलाई पत्रचार गरिसकिएको बताउँदै महोत्वसमा कम्तिमा पनि ७ सय दर्शकले महोत्वसको अवलोकन गर्ने उहाले बताउनू भएको छ! महोत्सवमा पूराना लोप हुँदै गएका ढिकी, जाँतो, सन्जेकी, मधुस, सिको, रोचा लगाएतका सामग्रीहरु प्रदर्शनीमा राखिने मुल समारोह आयोज समितिका सदस्य मनोज खत्रीले बताउनू भयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४