काठमाडौं । राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल सहमति नजिक पुगेका छन् । उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको दाबी छ । यद्यपि नेपाली कांग्रेसले नै राष्ट्रपति लिने सम्भावना रहेको नेताहरु बताउँछन् ।
शुक्रबार विहान नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा नेकपा एकीकृत समाजवादीले राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने माग गरेको छ, जसलाई जसपा र नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ । तर माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने आफूहरुको शर्त नभएको नेकपा माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेसका नेताहरुले भने आफ्नो दलले राष्ट्रपति छाडेर सहमति हुन नसक्ने बताएका छन् । ‘साँझ ५ बजे हामी फेरि बस्छौं, राष्ट्रपति नेपाली कांग्रेसले नै लिने पक्का जस्तै छ’ एक नेता भन्छन् ।
उनका अनुसार उपराष्ट्रपति भने जसपाले पाउनेछ ।