काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् । बिहीबार बालकोटमा आयोजित कार्यक्रमपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उने यस्तो बताएका हुन् ।
प्रचण्डले नेकपा एमालेसँग पुस १० गते नै सम्झौता गरिसकेकोले अरुलाई नेकपा माओवादी केन्द्रले समर्थन नगर्ने दावी गरेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेसँग सहमति भइसकेको अवस्थामा नेकपा माओवादी केन्द्रले अरुसँग सम्झौता गर्न नमिल्ने दाबी गरेका हुन् ।
राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई धोका नदिने र सत्ता गठबन्धन नभत्किनेमा पनि उनी विश्वस्त रहेको देखिएका छन् ।