Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरी उच्च अधिकृतको जन्ममिति विवरण चुहाएको भन्दै हवल्दारको सरुवा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ११ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । प्रहरी प्रधान कार्यालयका उच्च अधिकृतहरुको जन्ममिति सम्बन्धी विवरण चुहाएको भन्दै एक जना प्रहरी हवल्दार कारबाहीमा परेका छन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको जन्ममिति विवाद सार्वजनिक भएका बेला प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित अरु अधिकृतहरुको पनि जन्ममिति सिट रोलको विवरण सार्वजनिक भएको थियो ।

गोप्य रहनुपर्ने सिट रोलको विवरण सार्वजनिक भएपछि प्रहरीले आन्तरिक छानबिन गरेको थियो । त्यसक्रममा भएको जाँचमा भाइबरमार्फत गोप्य विवरण पठाएको देखिएपछि कर्मचारी प्रशासन शाखाका हवल्दार दीपक विष्ट कारबाहीमा परेका हुन् ।

विष्टलाई कर्मचारी प्रशासन शाखाबाट हटाएर १ नम्बर प्रहरी गणमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले बतायो । विष्ट २०६९ सालदेखि कर्मचारी प्रशासन शाखामा कार्यरत थिए ।

प्रहरी प्रवक्ता पोषराज पोखरेलले बाहिर आएको कागजात सही भए नभएको यकिन नभएको बताएका छन्  । उनले भने, ‘छानबिनबारे चाहिँ मलाई थाहा छैन ।

डीआईजी सिंहको जन्ममिति विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३ फागुनमा उजुरी परेको थियो । प्रहरी प्रधान कार्यालयको छानबिनबाट पनि नागरिकता र शैक्षिक प्रमाण पत्रमा उल्लिखित जन्ममितिमा १ वर्ष ६ महिना २४ दिनको फरक देखिएपछि सिंहले राजीनामा दिएका थिए । उनको राजीनामालाई स्वीकृतिका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले गृह मन्त्रालय पठाएको छ ।

उनको सिट रोलको विवरण सार्वजनिक हुँदा अन्य उच्च अधिकृतहरुको जन्ममितिको विवरण समेत बाहिर आएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो ।

यसरी सार्वजनिक विवरण अनुसार अशोक सिंहकै ब्याची डीआईजी भीमप्रसाद ढकालको जन्ममिति पनि शैक्षिक प्रमाण पत्र र नागरिकतामा फरकफरक देखिएको छ । ढकालको नागरिकतामा जन्ममिति २८ मंसिर २०२४ उल्लेख छ । तर, शैक्षिक प्रमाण पत्रमा २८ मंसिर २०२५ उल्लेख छ । उनको उमेर एक वर्षले फरक देखिन्छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी दिवेश लोहनीको जन्ममिति ६ महिना २६ दिनले फरक देखिएको छ । नागरिकता अनुसार उनको जन्ममिति १५ वैशाख २०२५ छ भने शैक्षिक प्रमाण पत्रमा १९ असोज २०२४ छ ।

लोहनी हालका आईजीपी धिरजप्रताप सिंहका ब्याची हुन् । उनकै ब्याचका डीआईजी मसउद आलम खाँको नागरिकता र शैक्षिक प्रमाण पत्रबीच ५ महिना १ दिनले जन्ममिति फरक छ ।

डीआईजी श्यामलाल ज्ञवालीको ५ महिना ५ दिन र किरण बज्राचार्यको २९ दिनले जन्ममिति फरक देखिएको छ ।

तर प्रहरी नियमावलीमा कुनै प्रमाण पत्रमा वर्ष मात्र उल्लेख भएको भए अर्को प्रमाण पत्रमा पूरा जन्ममिति खुलेको रहेछ भने त्यस्तोमा एक वर्षसम्मको अन्तर देखिए पूरा खुलेको जन्ममितिका आधारमा कायम गर्ने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४