Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोसपालाई राष्ट्रपति, जसपालाई उपराष्ट्रपति !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १० २०७९
  • 2.5K
    SHARES

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रपतिका लागि दलहरूसँग समक्ष प्रस्ताव राखिरहँदा जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपति पदका लागि आफ्नो दाबी पेस गरेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक समुदायको हुनुपर्ने भन्दै उपराष्ट्रपतिमा दाबी गरेका हुन् । राष्ट्रपति पहाडी समुदायबाट बने उपराष्ट्रपति मधेसी समुदायबाट हुनुपर्ने अध्यक्ष यादवको दाबी छ ।

जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले उपराष्ट्रपतिमा जसपाको दाबी रहेको र पार्टीले विभिन्न दलहरूसँग यस विषयमा छलफल चलिरहेको बताएका छन्  । उनले भने, ‘ठुला दलहरू के गर्छन् थाहा छैन, तर हामीले उपराष्ट्रपतिमा हाम्रो दाबी रहन्छ भनेका छौँ । संविधानमा नै राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था रहेकाले मधेसबाट उपराष्ट्रपति हुनुपर्ने दाबी जसपाको रहेको उनले बताएका हुन् ।

जसपाका प्रचार विभाग प्रमुख बस्नेतले पनि जसपाले नै उपराष्ट्रपति पाउने पर्ने बताएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तथा सरकारमा सहभागिताबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘पार्टीले उपराष्ट्रपति पाएपछि मात्र सरकारमा जाने नजाने बारेमा सोच्न सकिन्छ । जसपा सरकारमा सम्मानजनक अवस्थामा सहभागी हुन चाहन्छ त्यसमा हामीले उपराष्ट्रपति बटमलाइन बनाएका छौँ ।

राष्ट्रपतिका लागि जसपा राष्ट्रिय सहमतिकै पक्षमा रहेको बताउँदै उनले यस विषयहरूमा पार्टीमा कुनै आधिकारिक निर्णय भने नभएको बताएका छन् । ‘राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको चर्चासँगै दलहरूको बीचमा छलफल सुरु भएको छ । त्यसैमा उपराष्ट्रपतिको विषयमा पनि छलफल हुनेछ,’ उनले भने । राष्ट्रपतिका लागि राष्ट्रिय सहमति बनाउँदा उपराष्ट्रपतिको विषय पनि त्यसैमा टुङ्ग्याउनुपर्ने उनले बताएका छन्  ।

दुई दिनसम्म चलेको जसपाको कार्यकारिणी समितिको बैठकमा राष्ट्रपतिको विषय राष्ट्रिय सहमतिमा नै टुङ्ग्याउनु पर्ने छलफल भएको थियो । तर त्यसको बारेमा जसपाले हाल कुनै निर्णय गरेको छैन । राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा तीन ठुला दलले के निर्णय गर्छ, त्यसको आधारमा जसपाले आधिकारिक निर्णय गर्ने बताइएको छ ।

उता राष्ट्रपतिमा सहयोग गर्नका लागि लोसपाले जसपासँग आग्रह गर्ने भएको छ । जनमत र नागरिक उन्मुक्तिसँग छलफल गरिसकेको लोसपाले जसपासँग आज वा भोलिसम्म छलफल गर्ने सो पार्टीका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले बताएका छन् । नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पनि छलफल गरिसकेको लोसपाले ती दलहरूबाट सकारात्मक प्रतिक्रिया आएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४