Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोकदोहोरी प्रतिष्ठानमा विवाद चर्कियो, संस्थाबाट बाहिरिएको विष्णु खत्रीको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १० २०७९
  • 2.6K
    SHARES

काठमाडौं । गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् ।

प्रतिष्ठानको आसन्न महाअधिवेशन र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै नयाँ संस्था खोल्न लागेको चर्चाबीच पूर्वमहासचिव समेत रहेका खत्रीले संस्थामा नरहेको औपचारिक घोषणा गरेका हुन् ।

अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णबिराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु,’ खत्रीले लेखेका छन्, ‘कलाकारको हकहितको मुद्दा र संस्कृति जगेनार्थ कतै भेटिने अवसर मिल्यो भने सँगै सहयात्रीको रुपमा रहनेछु भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु ।’

आफूभन्दा जुनियर भाइबहिनीसँग चुनावमा प्रतिस्पर्धा गर्न शोभनीय नहुने र नैतिकताले पनि उचित नहुने उनको तर्क छ । संस्कृतिकर्मीलाई समेटेर आफूहरुले नयाँ संस्था खोल्न लागेको जानकारी दिंदै उनले यसमा समाहित हुन आग्रह समेत गरेका छन् । ‘कलाकारिता र संस्कृतिलाई शिरमा राख्ने संस्कृतिकर्मीलाई हामीले तय गर्न लागेको नयाँ यात्रामा हजुरमा अन्तरनिहित रहेको प्रतिभा, क्षमता, दक्षता, विज्ञता र अनुभवसहित हातेमालो गर्न आउनुहुन हार्दिक अपील गर्दै स्वागत गर्न चाहन्छौं,’ उनले भनेका छन् ।

धादिङमा फागुन १२ गतेदेखि हुन लागेको प्रतिष्ठानको महाधिवेशनअघि आएको खत्रीको बहिगर्मनले प्रतिष्ठानको आन्तरिक राजनीतिमा तरंग सिर्जना गरेको छ । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका पूर्वअध्यक्ष तथा गायक बद्री पंगेनीले खत्रीको योगदानको प्रशंसा गर्दै उनलाई संस्थामै राखिराख्न प्रयत्न गर्ने बताएका थिए । उनले त्यस्तो अभिव्यक्ति दिएको एक दिनमै खत्रीले संस्थाबाटै बाहिरिएको घोषणा गरेका हुन् ।

कतिपयले खत्रीलाई अध्यक्षको आकांक्षीको रुपमा पनि हेरेका थिए । तर अध्यक्ष रमेश बीजीले आफ्नो समर्थन रीता थापा मगरलाई हुने भन्दै पत्रकार सम्मेलनमै बोलेका थिए । खत्रीले केही साताभित्रै नयाँ संस्था घोषणाको तयारी गरिरहेका छन् । अहिले विधान लेखनको अन्तिम चरणमा काम भइरहेको बताउँदै उनले वर्तमान नेतृत्व स्याङ्जा र पाल्पाको मनोविज्ञानबाट माथि उठ्न नसकेको आरोप समेत लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४