Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको मेटमणि चौधरीको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद मेटमणि चौधरीले माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको दाबी गर्नुभएको छ ।

चौधरीले केही बेर अगाडि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नुहुँदै राष्ट्रपतिको उम्मेदवार बन्न पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आधिकारिक प्रस्ताव नआएको र कुनै पनि भेटघाट नभएको दाबी गर्नु भएको हो ।

उहाँ फेसबुकमा लेख्नुहुन्छ, ‘भ्रममा नपरौ । हिजो देखि राष्ट्रपति बिषयमा बजारमा खुबै चर्चा छ तर आज सम्म न कुनै आधिकारिक प्रस्ताव छ न त कुनै भेटघाट । समय समयमा यस्ता अफवाहहरू आउँछ र समयक्रममा त्यो हराएर जान्छ । यसैले कसैले पनि भ्रममा नपरौ । मिडियामा आएको कुनै पनि समाचारमा आाधिकारिकता छैन ।

सञ्चारमाध्यममा राष्ट्रपतिको विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भएकोबारे समाचार आएको थियो । यस्तै, माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न केपी शर्मा ओलीको प्रस्ताव भन्ने समाचार आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४