Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्याँस सिलिण्डर दुर्घटना : पीडितमाथि नै दोष सिलिण्डरको गुणस्तरमा छैन निगरानी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ५ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । २० चैत, २०७८ मा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ लामा टोलमा उग्रचण्डी कम्पनीको ग्याँस विस्फोट भयो । दुर्घटनामा तीन जना बालबालिकाको घटनास्थलमै मृत्यु भयो । विस्फोटपछिको आगलागीमा निमबहादुर तामाङका १० वर्षीय छोरा इशाक, स्थानीय कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङकी साढे २ वर्षीया छोरी दिव्याको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनापछि स्थानीय प्रशासन, ग्यास कम्पनी र जिल्लाबाट स्वतन्त्र सर्भेयरले घटनाबारे अध्ययन गरे र, कारण औंल्याइयो मानवीय असावधानी । एकातिर परिवारको सदस्य गुमाएको छ, अर्कोतिर आफैंमाथि सावधानी नपनाएको अपजस आउँदा पीडितमाथि थप पीडा हुने गरेको छ । ग्यास बिस्फोटमा भाइको छोरा र घर उडेपछि क्षतिपूर्ति र उनीहरुलाई न्याय दिलाउन लागेका मैते तामाङ थाकिसकेका छन् । उनले बिहीबार बिलौना गर्दै भने, ग्यासले घर र सन्तानको प्राण पखेरु उडायो । आरोप पनि आफैंलाई लाग्यो । न सरकारले दुःख देख्यो न ग्यास कम्पनीको लापरबाही भए नभएको अध्ययन नै भयो ।

उनका अनुसार प्रहरी, ग्यास उद्योगी, प्रशासन र सबैतिर कागज बोकेर धाएपनि राहत नपाएको र घटनामा लागेको आरोप पनि नपखालिएको तामाङले बताउदै आएका छन्  । बाह्रबिसेका नगर प्रमुख बालकृष्ण बस्नेतले पनि दुर्घटनामा परेका परिवार विक्षिप्त भएको, तर राहत र थप अनुसन्धान नभएको बताएका छन्  ।

१९ कात्तिक, २०७८ मा ललितपुर मंगलबजारस्थित चक्रबहिलमा विस्फोट भएर भीषण आगलागी भयो । तिहारको लक्ष्मीपूजाको दिन भएको आगलागीमा चार जनाले ज्यान गुमाए । एकै परिवारका ६५ वर्षका लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रत्ना ताम्राकार र एक बालकको मृत्यु भयो ।  घाइतेले दिएको बयान र घटनास्थलको वस्तुस्थितिको आधारमा प्रहरीले दियोबाट सुरु भएको आगो पर्दा हुँदै ग्यासको पाइपमा पुगेर सिलिण्डर जलेको अनुमान गर्‍यो । तर घटनाबारे विस्तृत अध्ययन गरेन ।

ग्यास लिकेज भएर हुने आगलागी तथा सिलिण्डर विस्फोटका कारण हरेक वर्ष मानवीय क्षति हुने गरेको छ । तर हरेक घटनालाई मानवीय असावधानी भनेर छाड्ने गरिएको छ ।

बुधबार मात्र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा हरिकला ग्यास लिकेजपछि भएको आगलागीमा परे । बुद्धनगरस्थित घरमा भएको आगलागीमा परी घाइते भएकी हरिकलाको उपचारको क्रममा बिहीबार बिहान निधन भयो । सांसद भण्डारी अझैं गम्भीर अवस्थामा उपचाररत छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

यो घटनामा पनि मानवीय त्रुटि भनेर रेडिमेड जवाफ दिने प्रयास सुरु भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख दानबहादुर कार्कीले भान्सामा बत्ती बाल्ने वित्तिकै आवाजसहित आगलागी भएको देखिएको बताएका छन् । ‘स्वीच अफ गर्दा आएको स्पार्कका कारण ठूलो आवाजसहित आगो लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’, उनले भने ।

बुद्धनगर घटनामा सबभन्दा पहिले पुगेका स्थानीय भरत घिमिरे भने घटनाको विस्तृत अनुसन्धान हुनुपर्ने बताउँछन् । ‘ग्यास लिक भएकै हो, तर कहाँबाट भएको हो भन्ने विस्तृत अध्ययन हुनुपर्छ’, उनले भने, ‘ग्यास र ग्याससँगै जोडिने उपकरण वा मानवीय त्रुटि के हो छु्ट्याइनुपर्छ । तर नेपाल गुणस्तर तथा नाप तौल विभागले विगतमा गरेको अनुगमनको प्रतिवेदनहरु हेर्दा सिलिण्डरको गुणस्तरमै लापरबाही हुने गरेको देखाउँछ । विभागले १ मंसिर २०७८ मा बाराको ग्यास वान नेपाल प्रालिमा अनुगमन गरेको थियो ।

त्यसक्रमा सिलिण्डरमा सेफ्टी क्याप नलगाएको, टेरवेट नलिएको, पर्जिङ मेसिन प्रयोगमा नआएको मात्र होइन, भल्भको चुहावट जाँच गर्ने सीभिटी मेसिन नै नभएको, भल्भ मर्मत नभएको र प्रेसर गगको क्यालिब्रेसन नगरेको पाइएको थियो ।

नेपाल ग्यास उद्योग संघकाअुनसार नेपालमा पाँच दर्जन कम्पनीबाट बजारमा पठाइएका एक करोड ५० लाख सिलिन्डर अहिले प्रयोगमा छन् । त्यसमध्ये दैनिक एक लाख ५० हजार सिलिन्डरसम्म ग्याँस अहिले नेपालीको भान्सामा प्रयोगमा छ । घरघरमा पुग्ने सिलिण्डरको गुणस्तरमा उद्योगहरुबाट लापरबाही हुने अवस्था रहेको उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बताउँछन् । कसैले पनि कमजोरीको जिम्मेवारी नलिने प्रवृत्तिका कारण एकपछि अर्को गर्दै दुर्घटना दोहोरिने उनले बताएका छन्  ।

‘बुधबार दुर्घटनामा परेको राजधानी ग्यासका सञ्चालक कुश मल्ली र निगमका ग्यास प्रमुख नेत्र काफ्लेलाई तत्काल पक्राउ गरेर कारबाहीको दायारामा ल्याउनुपर्छ’, बानियाँले भनेका छन् ‘आफ्नो गुणस्तरहीन उत्पादनको दोषी उत्पादक र अनुगमन र नियमन नगर्ने सरकारी अधिकारीहरुलाई पनि कारबाहीको दायरामा ल्याइनुपर्छ ।

गुणस्तर तथा नाप तौल विभागका अधिकारीहरु भने अनुगमन भइरहेको बताउँछन् । कहिले ? कहाँ ? भन्दा एकअर्कालाई देखाएर पन्छिन्छन् । विभागमा महानिर्देशक दिनानाथ मिश्रले आफू उपत्यका बाहिर रहेको भन्दै कार्यालयका सञ्जीव ठाकुरलाई सम्पर्क गर्न सुझाएका छन् ।

ठाकुरले आफू बिदामा भएको भन्दै प्रवक्ता ज्योति भट्टलाई सोध्न आग्रह गरेका हुन्  । प्रवक्ता भट्टले अनुगमन गरिरहेको तर यकिन रुपमा यसको विस्तृत विवरण आफूसँग नभएको बताइन् । ‘हामीले बजार अनुगमन गरिरहेका छौं । ग्यासको भल्भमा समस्यादेखि सिलिण्डरमा लेदो जमेको जस्ता समस्या देखेका छौं’, मन्त्रालयमा मिटिङमा रहेको भन्दै उनले भनिन्, ‘विस्तृत विवरण त अहिले उपलब्ध छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४