Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्यालयको शैक्षिक गुणस्तर सुधार्न प्रशिक्षक तयार गर्दै राष्ट्रिय परीक्षा बोर्ड


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ४ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको शैक्षिक गुणस्तर सुधारको काम गरिरहेको जनाएको छ । बोर्डले कक्षा कोठाको परीक्षामुखी सिकाईलाई ज्ञानमुखी बनाउनका लागि राष्ट्रिय रुपमा प्रशिक्षक तयार गरिसकेको जनाएको छ ।

शिक्षकलाई नै प्रशिक्षकको रुपमा तयार गरेको बोर्डले अहिले देशभरबाट प्रत्येक जिल्लाको तीन जनाप्रशिक्षक तयार गरेको र उनीहरुले प्रादेशिक प्रशिक्षक तयार गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्मा बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेसम्म हामीले घोकेर पास गर्ने कुरा थियो भने अब सिकेर, बुझेर त्यसको आधारमा लेख्न सक्ने, प्रयोग गर्न सक्ने खालको सिकाइ हुनेछ। ती प्रादेशिक प्रशिक्षकले पालिका स्तरीय प्रशिक्षक तयार गरेर कक्षाकोठाको सिकाई प्रणालीलाई ज्ञानमुखी बनाउनेछन् । ’

बोर्डको अनुसार शिक्षकहरुलाई पाठ्यक्रम निर्माण, पाठ्यक्रमको आधारमा विशिष्टिकरण तालिका र विशिष्टिकरण तालिकाको आधारमा प्रश्नपत्र निर्माणको लागि कार्यशाला सञ्चालन गरेर तालिम दिइएको छ ।

कक्षाकोठा परिवर्तनको लागि शिक्षकको सिकाई प्रक्रियालाई पनि सुधार गर्नुपर्ने भएकोले बोर्डले सुधारका लागि काम गरिरहेको बोर्डका अध्‍यक्ष शर्माको भनाइ छ ।

बोर्डबाट प्रशिक्षित राष्ट्रिय स्तरका प्रशिक्षकहरुले प्रादेशिक स्तरका शिक्षकलाई प्रशिक्षण दिने र उनीहरुले पालिकास्तरका शिक्षकलाई प्रशिक्षण दिनेछन् ।

बोर्डको योजना अनुसार कक्षा ४-८ लाई आधारभूत तह र माध्यामिक तहमा दुई खण्डमा कक्षा ९, १० र ११, १२ गरी दुई खण्डमा केन्द्रित गरेर विषय शिक्षकहरुलाई कार्यशाला संचालन गरी प्रशिक्षण गर्नेछन् ।

प्रशिक्षित शिक्षकहरुले हरेक पालिकाका तीन जना शिक्षकलाई पाठ्यक्रम निर्माण, प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्म कसरी सिकाईमुखी बनाउने भन्ने प्रशिक्षण दिनेछन् ।

परीक्षामा सोधिएका प्रश्नहरु बालबालिकाले सोचेर विश्लेषनात्मक रुपमा उत्तर दिन सक्ने खालको शिक्षण सिकाई हुने शर्माको जिकिर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४