Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ४ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटपछि आगो लागेर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

कांंगे्रस नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिएको हो ।

भण्डारीलाई मुम्बईको नेशनल वर्न सेन्टरमा लगेर उपचार गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उहाँको उपचार टिममा डा. प्रदीप तिवारी, डा.बृहस्पति, डा. रोशन शर्मालगायत सहभागी रहेको मन्त्रालयले जनाएको छ ।

सोही घटनामा गम्भीर घाइते भएकी सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उहाँको बिहीबार बिहान निधन भएको हो ।

खाना खाएर सुतिसकेपछि गएराती साढे १० बजेतिर ग्यासको गन्ध आएर आमा भान्सामा गएको बेला विष्फोट भएको र आमालाई बचाउन जाँदा सांसद भण्डारी पनि घाइते हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४