Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भान्सामा बत्ति बाल्ने बित्तिकै ठूलो आवाजसहित आगो लाग्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ४ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी बुधबार बेलुकी कांग्रेस नेता सबुज बानियाँको बिहेमा गएका थिए । फर्किएर बुद्धनगरस्थित घरमा आउँदा सवा १० भइसकेको थियो ।

भुइँतलामा उनी आमासँग बस्दै आएका थिए । ‘आमाले ग्याँस गन्हाइरहेको छ भन्नुभएछ, त्यसपछि उहाँ आमासहित भान्सातिर जानुभएछ’, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख दानबहादुर कार्की भन्छन्, ‘भान्सामा अध्याँरो थियो, भित्र गएर बत्ती बाल्ने वित्तिकै आवाजसहित आगलागी भएको देखिएको छ ।

प्रहरीका अनुसार भान्सामा ग्याँस सिलिण्डर जस्ताको तस्तै छ । तर, आगोका कारण नेता भण्डारीकी आमा हरिकलाको निधन भइसकेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कार्कीका अनुसार स्वीच अफ गर्दा आएको स्पार्कका कारण ठूलो आवाजसहित आगो लागेको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।

भण्डारीको घरमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि पुगेको थियो । टोलीले गरेको जाँचका क्रममा पनि ग्याँस विष्फोट नभई लिक भएर कोठामा फैलिएको ग्याँसमा एक्कासी स्वीच अन गर्दा ठूलो आवाजसहित आगलागी भएको हुनसक्ने देखिएको छ ।

कार्यालयका प्रमुख डा. मनोज केसी भन्छन्, ‘ठूलो आवाज आएपछि विष्फोट भएको हो कि भन्ने आशंका थियो । तर, स्पार्कका कारण आवाजसहित आगलागी भएको देखिएको छ ।’ यसमा विज्ञहरुको सहयोग लिएर थप जाँचबुझ गर्ने काम भइरहेको उनले बताएका छन् ।

आगलागीबाट आमा हरिकला जलेपछि छिमेक र घरमा बस्ने अरु आएर सिरकले छोपेर आगो निभाएका थिए । ‘त्यसैले आमाको मुखमा धेरै चोट देखिएको थिएन, भण्डारी सरको चाहिँ मुख, कपाल र खुट्टामा छोएको देखिएको छ’, एसएसपी कार्की भन्छन्, ‘खाली खुट्टा भएकाले अलि प्रभाव परेको देखिन्छ ।

घटनामा घरको भान्साको ढोका र झ्यालको सीसा फुटेको छ । भान्साको सानो स्टोरमा लगाइएको यूपीभीसीको छानो उडेको छ । आमा हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको छ भने नेता भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजान कीर्तिपुर अस्पतालबाट निकालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४