Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्यास सिलिण्डरको आयु कति ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ४ २०७९
  • 4.1K
    SHARES

काठमाडौं । बुधबार राति घरमा आगलागी हुँदा नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते भए । आमा हरिकलाको त उपचारका क्रममा मृत्यु भयो भने भण्डारीलाई उपचारका लागि भारतको मुम्बई लगिँदैछ ।

ग्यास लिकेज भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ, यद्यपि यकिन छैन । बुधबार राति घरमा ठूलो आवाजको विस्फोट सुनिए पनि ग्यास सिलिण्डर भने पड्केको नदेखिएको प्रहरीले बताएको छ ।

काठमाडौं महानगरपालिकामा अग्नि नियन्त्रकको काम गरिसकेका किशोर कुमार भट्टराई पनि ग्याँस सिलिण्डर विस्फोटको घटना दुर्लभ हुने बताउँछन् ।

भट्टराई भन्छन्, ‘ग्यास लिक भएर अगालागी भएर विस्फोट हुने सम्भावना हुन्छ । तर, सिलिण्डर आफै विस्फोट हुने सम्भावना निकै कम हुन्छ ।

तर, आयु समाप्त भएका, कुच्चिएका ग्यास सिलिण्डर विस्फोट हुने खतरा हुने भट्टराई बताउँछन् ।

ग्यास बिक्रेता र ढुवानीकर्ताले सुरक्षा नगर्दा सिलिण्डर कुच्चिने गरेको उनको भनाइ छ । ‘सिलिण्डरमा ग्यास अत्याधिक प्रेसराइज गरेर राखिन्छ । यस्तोमा कुच्चिएका सिलिण्डर विस्फोट हुने खतरा हुन्छ’ भट्टराईले भने ।

एउटा ग्यास सिलिण्डरको आयु १० वर्ष हुन्छ । १० वर्षपछि सिलिण्डरको ‘हाइड्रो स्टाटिक्स’ जाँच हुन्छ । यो भनेको सिलिण्डरमा ग्यासको दबाव भन्दा बढी पानी राखेर जाँच गरिन्छ । ‘यो जाँचमा पास भएपछि सिलिण्डर फेरि पाँच वर्ष प्रयोग गर्न मिल्छ’ उनले भने ।

हरेक सिलिण्डरमा अंग्रेजी महिना र वर्ष अनुसार सिलिण्डरको आयु समाप्त हुने मिति लेखिएको हुन्छ । सिलिडरको माथितर्फ रहेको समाउने भागमा सिलिण्डरको आयु लेखिएको हुन्छ । भण्डारी भन्छन्, ‘जस्तै ए (A) २६ लेखिएको सिलिण्डरको म्याद सन् २०२६ को जनवरी, फेब्रुअरी र मार्चसम्म मात्रै हो ।

‘जनवरी, फेब्रुअरी मार्च – ए A

अप्रिल, मे, जुन – बी B

जुलाई, अगट – सी C

“अक्टोबर, नोभेम्बर, डिसम्बेर – डी” D

अंग्रेजी अक्षरसंगै लेखिएको अंकले सिलिण्डरको आयु समाप्त हुने वर्ष जनाउँछ । जस्तै  डि २४ लेखिएको सिलिण्डरको सन् २०२४ को अक्टोबर, नोभेम्बर, डिसेम्बर पछि आयु सकिन्छ ।

ग्यास सकिएपछि घोप्टो पार्ने, ढल्काएर बाल्ने गर्दा पनि सिलिण्डर विस्फोट हुने खतरा हुने बताउँछन भट्टराई । ‘सिलिण्डरमा ८५ प्रतिशत लिक्विड र १५ प्रतिशत ग्याँस हुन्छ । सिलिण्डर घोप्टो र ढल्काएर बाल्ने गर्दा सिलिण्डरको मुखमा लिक्विड जम्मा हुन्छ,’ भट्टराई भन्छन्, ‘अनि ग्याँसको बाटो छेकिन्छ । यस्तोमा अगलागी हुने र विस्फोट हुने खतरा हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४