Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वि.सं. २०८० सालमा मलमासका कारण धकेलिए चाडपर्व, कहिले छ त दशैं र तिहार ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ३ २०७९
  • 7K
    SHARES

काठमाडाैँ । वि.सं. २०८० सालको साउनमा अधिक मास परेको छ । जसका कारण हिन्दुहरुले मनाउने प्राय: सबै चाडपर्व १५-२० दिन पछाडि सरेका छन् ।

असार १९ गतेबाट सुरु हुने श्रावण कृष्णपक्ष साउन १ गते सकिन्छ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । त्यसपछि फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिएका छन्  ।

निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार यसरी असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात मलमास भन्ने गरिन्छ । यसरी भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै परेका कारण नयाँ वर्षका चाडपर्वहरु अघिल्लो वर्षको भन्दा १५-२० दिन पछाडि धकेलिएको उनले बताएका छन् । सधैजसो भदौमा पर्ने हरितालिका तीजको व्रत ८० सालमा असोज १ गते परेको छ। २०७९ सालको तीज भदौ १४ मा थियो ।

यस्तै २०८० सालको घटस्थापना असोज २८ गते परेको छ भने फूलपाति कात्तिक ४ र विजयादशमी कात्तिक ७ गते परेको छ । २०७९ सालमा असोज १० गते घटस्थापना, १६ गते फुलपाती र असोज १९ गते विजयादशमी परेको थियो । नयाँ वर्षको तिहार पनि करिब २० दिन पछाडि धकेलिएको छ। नयाँ वर्षमा भाइटीका कात्तिक २९ गते परेको छ भने यस वर्ष को भाइटीका कात्तिक १० गते थियो । २०८० सालको छठ पर्व २० दिनपछि धकेलिएर मंसिर ३ गते पुगेको छ ।

२०८० सालमा चैते दसैं ८१ सालमा पुगेको छ । आगामी चैत १५ गते चैते दसैं बनाइए पनि नयाँ सालमा चैते दसैं गायब भएको छ । मलमासकै कारण २०८० सालको चैते दसैं २०८१ मा पुगेको हो । २०८० को चैत मसान्तमै चतुर्थी तिथि सकिने भएकाले चैत अष्टमीमा मनाइने चैते दसैं २०८१ को वैशाखमा परेको समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४