Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ३ २०७९
  • 1.6K
    SHARES

आजको पञ्चाङ्ग र राशिफल

बि. स.२०७९ फागुन ३ गते, बुधवार, १५ फेब्रुअरी २०२३। फाल्गुण कृष्णपक्ष दशमी तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि– वृश्चिक।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। लगनशील भएर प्रयत्न गर्दा बिस्तारै अवरोध हट्न सक्छ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
छोटो समयमा मनग्य फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। परिस्थिति अनुकूल रहे पनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। मिहिनेत गर्दा बिस्तारै उपलब्धि प्राप्त हुनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बनाउन सकिनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। तापनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। विवादास्पद काममा जुट्नुपरे पनि धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि थप कामतर्फ उत्साहित भइनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। मिहिनेतले आत्मविश्वास बढाउने समय छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। विवादास्पद काममा जुट्नुपरे पनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ तर उपलब्धिविहीन काममा समय बित्न सक्छ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। तर नयाँ काम गर्न समय पर्खनुहोला।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४