Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालाजुका डिएसपी चढ्ने भ्यानमा आगजनी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १ २०७९
  • 5.3K
    SHARES

काठमाडौँ । बालाजु स्थित माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरीको दुईवटा गाडीमा आगजनी गरेका छन् । आफ्ना माग सार्वजनिक गर्ने कार्यक्रममा नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर र लोत्सेकै कर्मचारीले आक्रमण गरेपछि झडपको अवस्था आएको यातायात मजदुर संगठनले जिकिर गरेका छन् ।

झडपमा प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कर्पियो (पिकअप) यातायात मजदुरले जलाएका छन् । प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएका छन् ।

माछापोखरी चोकमा यातायात मजदुरले दुवै गाडीमा आगजनी गरेका हुन् । लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर, पंकज मल्ल र हिमाल कुँवर समेत ३० जना मिलेर मजदुरहरूलाई आक्रमण गरेको ३ वटा मजदुर संगठनले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले आफ्ना १० बुँदे माग पुरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने निर्णय गरेका छन् ।

यातायात मजदुरले प्रहरीको दुईवटा गाडीमा आगजनी गरेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) हिमालय श्रेष्ठले जन प्रहारलाई बताएका हुन्  । उनले भने–‘प्रदर्शनकारीले हाम्रो दुईवटा गाडीमा आगजनी गरेका छन् ।

माछापोखरी चोकमा अहिले पनि ढुङ्गा हानाहान भइरहेको छ । भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । तर, अश्रुग्याँस कत्ति प्रहार भयो भन्नेबारेको विवरण आइसकेको छैन ।

काठमाडौँको बालाजु क्षेत्र तनावग्रस्त, तस्बिरमा हेर्नुहोस्

बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । यातायात व्यवसायी तथा मजदुरहरुले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गरेका हुन् । यातायात व्यवसायी र मजदुरहरुले सडकमा टायर बाल्दै प्रदर्शन गर्दा दुई पक्षीय झडपको समेत स्थिति उत्पन्न भएको हो ।

काठमाडौँ महानगरपालिकासमेतको समन्वयमा बालाजु, माछापोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधानलाई नयाँ बसपार्कमा लगेरमात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।

भोलिदेखि उपत्यकामा सबै सवारी साधन बन्द गर्ने घोषणा (विज्ञप्तिसहित)

यातायात मजदुरले मङ्गलवारदेखि काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषणा गरेका छन् । सोमबार यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले नयाँ बसपार्कको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको बताएका छन्  । सोमबार उनीहरुले बालाजु क्षेत्रमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।

1

2

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४