Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाकाे केन्द्रीय समितिकाे बैठक आज बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साेमबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।

निर्वाचन आयोगले चितवन-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरे लगत्तै रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएकाे हाे । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सोमबार दिउँसो ३ बजे बस्ने बैठकमा उपनिर्वाचनकाे बारेमा छलफल हुने रास्वपाका एक नेताले बताएका छन् ।

त्यस्तै राष्ट्रपतिको निर्वाचन,उच्च स्तरीय राजनीतिक संयन्त्रमा भएको छलफल लगायतका विषयमा छलफल हुने बुझिएको छ । उच्च स्तरीय राजनीतिक संयन्त्रको आइतबारको बैठकमा चितवन-२ को उपनिर्वाचनकाे बारेमा छलफल भएको थियो ।

रास्वपाले चितवन-२ मा पुनः पार्टी सभापति लामिछानेलाई नै उम्मेदवार बनाउने प्रवल सम्भावना रहेकाे छ । गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा चितवन-२ बाट निर्वाचित लामिछानेको नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेपछि उहाँको पद गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४