Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीव्र आलोचनापछि विशिष्ट व्यक्तिको सवारी सुरक्षा नियम परिमार्जन गर्न सरकार तयार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २९ २०७९
  • 2.5K
    SHARES

काठमाडौँ । आम सर्वसाधारण तथा पेशाकर्मीको चर्को आलोचना खेपेपछि विशिष्ट व्यक्तिको सवारी सुरक्षासम्बन्धी प्रचलित नियममा परिमार्जन गर्न सरकार तयार भएको छ ।

शीतल निवासदेखि संसद भवनसम्म शुक्रबार भएको राष्ट्रपतिको सवारीमा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत एक चिकित्सकमाथि कुटपिट गरेपछि यसबारे सरकारको तीव्र आलोचना भएको छ । त्यसअघि पनि विशिष्ट व्यक्तिको सवारीका क्रममा घण्टौँसम्म सडकमा आवतजावत ठप्प पार्दा सास्ती खेप्नु परेको भन्दै सर्वसाधारणबाट आलोचना हुँदै आएको थियो ।

पछिल्लो पटक भने चिकित्सक नै कुटिएपछि चिकित्सकहरुले सरकारी अत्यावश्यक बाहेक सबै सेवा ठप्प पारेका थिए । त्यसपछि भने सरकारले ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’मा परिमार्जन गर्ने सहमति जनाएको हो । नेपाल चिकित्सक संघसँग ६ बुँदे सहमति गर्दै सरकारले सर्वसाधारण, विद्यालय तथा स्वास्थ्य क्षेत्र जस्ता सम्वेदनशील क्षेत्रलाई असर नगर्ने गरी कार्यविधि परिमार्जन गर्ने सहमति गरेको हो ।

(हेर्नुहाेस् सहमतिकाे चाैँथाे बुँदा)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४