Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइतबार देशभरका स्वास्थ्यसंस्था ठप्प पार्ने निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २८ २०७९
  • 1.6K
    SHARES

काठमाडाैं । चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्यसंस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ ।

शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा.जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा अवरोधको निर्णय गरेको हो ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी क्रममा प्रहरीले चिकित्सक सिंहलाई कुटपिट गरेको थियो । चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा.बद्री रिजालले शनिबार विज्ञप्ति जारी गरी नेपाली नागरिकहरुकै शासनको रुपमा रहने लोकतान्त्रिक गणतन्त्रमा समेत नागरिक स्वयंलाई नै यो वा त्यो बाहानामा दुःख, सास्ती दिनु अशोभनीय भएको बताउनुभएको छ।

यसैबीच,चिकित्सक कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शनिवार माइतीघर मण्डलमा प्रदर्शन भएको छ । प्रर्दशनमा सहभागीहरुले भीभीआईपी चाहिँदैन,जनता कुट्न पाइँदैन,बर्दी लगाएका गुन्डा मुर्दावाद, स्वास्थ्यकर्मी माथि हिंसा बन्द गर लगायतका नारासहितका प्लेकार्ड बोकेर विरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४