Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गगन थापा भन्छन्– ‘राष्ट्रपतिको सवारीका बेला चिकित्सकमाथिको आक्रमण अशोभनीय र दुःखद’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २८ २०७९
  • 3.4K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद रहेको टिप्पणी गरेका छन् । शुक्रबार वीर अस्पताल अगाडि राष्ट्रपतिको सवारीका लागि बाटो खाली गराइरहेका प्रहरीको आक्रमणमा सोही अस्पतालका एक डाक्टर परेपछि महामन्त्री थापाले शनिवार आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।उनले दोषीलाई कारबाहीका लागि सरकारले तत्काल सुनुवाई गर्नुपर्ने बताउँदै भनेका छन्– ‘विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास परम्पराको नाममा चलिरहेको छ । यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ । यो पटक पनि त्यस्तै हुन्छ । तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ ।’

महामन्त्री थापाले राष्ट्रपतिको सवारीलाई व्यवस्थित बनाउनका लागि विभिन्न सुझावहरु दिएका छन् ः ‘विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ । राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा र्पुयाउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ ।’

उनले भनेका छन्, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ । म आफ्नो ठाउँबाट यसका लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने र गराउने कुरामा प्रतिबद्ध रहने छु ।’ उनले राष्ट्रपति एउटा व्यक्ति नभई संस्था रहेको बताउँदै सो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको बताएका छन् । जसको कारणमा राष्ट्रपतिको तामझामवाला शैली रहेको उल्लेख गर्दै राष्ट्रपति संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदल्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४