Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सातामा प्रतितोला २५ सयले घट्यो सुनको मूल्य


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २८ २०७९
  • 2.6K
    SHARES

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा तोलामा २ हजार ५०० रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ६०० रुपैयाँ कायम थियो । जुन, २ हजार ५०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ ।

साताको पहिलो कारोबार दिन नै सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको थियो । यस्तै, सोमबार तोलामा ५०० ले बढेको सुन मंगलबार स्थिर कायम भएको थियो । जुन, बुधबार पुनः ३०० ले बढेको सुनको मूल्य विहीबार १०० रुपैयाँले बढेको थियो । यस्तै, शुक्रबार एकै दिन तोलामा १३ सय ले घटेको हो ।

यस्तै, यो साता चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य यो शुक्रबार तोलामा १२ सय ९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४