Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरीबाट कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्छ : सांसद शाही


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २८ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् ।

राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले माफी माग्नुपर्ने बताएका हुन् ।

राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु,’ उनले भनेका छन्, ‘साथै सम्माननीय राष्ट्रपतिले यो विषयमा चिकित्सकसँग माफी माग्नको लागि हार्दिक अनुरोध गर्दछु ।

राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो ।

चिकित्सक सर्जरी सकेर फर्किंदै थिए । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीबाट चिकित्सकमाथि नै कुटपिट भएपछि चर्को विरोध भएको छ ।

सवारीमा कुटिएका डाक्टरको बयान : फिल्मी स्टाइलमा कठालो समातेर हान्यो
सर्जरी सकेर घर हिँडेका डाक्टरमाथि प्रहरीको लाठीचार्ज

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डाक्टरलाई लाठीचार्ज गरेको छ ।

राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर शीतल निवास फर्किने क्रममा थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली गर्न लगाएको थियो । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह सर्जरी सकेर घर जाने तयारीमा थिए ।

साइकलमा आउजाउ गर्ने उनी अस्पतालबाट बाहिर निस्किए र वीर अस्पताल अगाडि रहेको आकासे पुल मुनि पुगे । प्रहरीले उनलाई ट्रमा सेन्टरकै पार्किङतिर फर्किन भने । नमानेपछि उनीमाथि लाठी बर्साएको छ । टाउकोमा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घटनाको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन् । घटनामा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

कसरी भएको थियो त घटना, डा सिंहको शब्दमा

आज अप्रेसन थियो । त्यो सकाएर करिब साढे ४– पौने ५ बजेतिर साइकल चढेर बाहिर निस्किएँ । बाटो बन्द थियो । सवारी हुन लागेको जस्तो देखियो । फुटपाथबाट साइकल डोहो¥याउँदै लगें, चढेको पनि थिइन् । वीर अस्पतालअघिको आकाशे पुलसँगैबाट साइकलभित्र छिराउन नमिल्ने भएपछि म फुटपाथमै अडिएर बसें ।

एक जना प्रहरी जवान आएर अघि जानुस् भन्नुभयो । मैले साँघुरो ठाउँबाट साइकल छिर्र्दैन, यहीँ बस्छु, म यही अस्पतालको स्टाफ हुँ भनें । हैन अघि लैजानै पर्छ भनें । मैले साँघुरो छ भनेर मानिनँ ।

त्यसो भए पार्किङमा लैजानुस् भने । मैले पार्किङ त दुई तला मुनि छ, (घर) जान लागेको मान्छे कहाँ पार्किङमा जानु भनें । मैले आईडी (परिचयपत्र) देखाएँ । लैजानुस् भनिरहे ।

मैले तल त लैजान्नँ भनेपछि पुलिस एक्कसी झर्किए र एकदमै आवेगमा आए, फिल्मी स्टाइलमा कठालो समातियो र हान्न थाल्यो ।

देब्रे पट्टी, दाहिने पट्टी हानेपछि मैले समात्न खोजें । उम्किएर झन् टाउकोमै हान्यो । टाउकोमा नै हानेपछि मरुला झैं लाग्यो । प्रतिकार गरें । मैले पनि एक किक हानें । टाउकोमा नै हानेपछि मैले प्रतिकार गर्नुको विकल्प नै थिएन ।

उसले पुलिसलाई हात हाल्ने भन्दै मान्छे बोलायो । भ्यानमा लैजाने कुरा गर्न थाले । प्रत्यिक्षदर्शीहरुले पुलिसको गल्ती हो, हामीले देखेका छौं, हामी बोल्छौं भनेपछि प्रहरी पनि आत्तियो । त्यही ठाउँमा एक जना डाक्टर साथी आउनुभयो । त्यसपछि प्रहरी जवान भाग्यो ।

राष्ट्रपतिको सवारी भनेर टाउकोमा नै हान्नुपर्ने केही थिएन । मलाई टाउकोमै प्रहार गरेपछि सिध्याउने नै हो कि जस्तो डर भयो ।

आँखामाथि कन्चटको भाग पुरै सुन्निएको छ । टाउको दुख्ने र वान्ता हुने भयो । साथीहरुले अब्जरबेसनमा आईसीयूमा बस् भन्नुभएको छ । टाउकोमा चोट लागेको छ भने यसरी बस्नुपर्ने प्रकोटोकल नै हो ।

मैले व्यक्तिगत रुपमा धेरै दोषरोपाण त गर्न मिल्दैन । उसले जानेर गर्‍यो कि नजानेर ग¥यो, थाहा भएन । प्रहरी जवानहरुलाई खटाउने संयन्त्रले कसरी बोल्ने ? कस्तो व्यवहार गर्ने ? केही परे पनि कहाँ हान्ने/कहाँ हान्न हुन्न भन्ने कुरा त सिकाउनुपर्‍यो नि ! अनुशासन र बोली व्यवहार सिकाउने हो भने त यस्तो हुँदैन थियो ।

त्यति सानो कुरामा टाउकोमै हान्दियो । म त अच्चम्मित नै छु । म माथि दुब्र्यवहार भयो भनेर विरोध गर्नेहरुमाथि पनि कुटपिट गर्ने र बन्दुक नै तेर्साउने काम भए’छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४