Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिलाजित कसरी खाने, के छन् फाइदा ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २७ २०७९
  • 4.6K
    SHARES

विशेषगरी उच्च पहाडी क्षेत्रमा पाइने शिलाजितलाई शक्तिवर्द्धक खनिज पदार्थ मानिन्छ । यसका धेरै फाइदा हुने भएकाले आयुर्वेदले शिलाजितलाई रसायन भनेको छ । साधारणतया धेरैले शिलाजितलाई यौन क्षमता बढाउने औषधि भनेर चिन्छन् ।

शिला अर्थात् चट्टानबाट निस्किएको खनिज भएकाले यसलाई शिलाजित नाम दिइएको बताइन्छ । यसमा डिबेन्जो–ए–पाइरोन्स, प्रोटिनजस्ता ४० खनिज तत्व हुन्छन् । सूर्यको प्रत्यक्ष किरण पर्ने भीरपाखा र चट्टानमा शिलाजित पाइन्छ ।

नेपालको मध्य र पश्चिमी हिमाली जिल्लामा शिलाजित पाइन्छ । त्यसमध्ये पनि जुम्ला र मुगुमा यो धेरै उपलब्ध हुन्छ । सूर्यको तापले पहाडको चट्टानको धातु पग्लिएर शिलाजित बन्छ ।

  • शिलाजितका फाइदा

शिलाजितले छिटो बुढ्यौली आउन नदिने, रोगप्रतिरोधी क्षमता बढाउने, रगत शुद्धीकरण गर्ने, यौनशक्ति बढाउने कार्य गर्छ । यो पिसाबसम्बन्धी रोग, एनेमिया, अल्जाइमर, मधुमेह, उच्च रक्तचापका बिरामीको लागि रामवाण नै मानिन्छ ।

शिलाजितमा पाइने फुलभिक एसिडले एन्टीअक्सिडेन्ट र इन्फ्लेमेटरीको रूपमा काम गर्छ । जसको नियमित प्रयोगले बुढ्यौली लक्षण जस्तै आँखाको दृष्टि शक्ति, कानको सुन्ने शक्ति बढाउनेदेखि छाला स्वस्थ राख्ने काममा शिलाजितको ठूलो भूमिका हुन्छ ।

  • खानुअघि शिलाजित शुद्धीकरण आवश्यक

शिलाजित खाने आफ्नै तरिका छन् । यसलाई जथाभावी खानु राम्रो हुँदैन । जम्मा गरिएको कच्चा शिलाजितलाई पहिले शोधन अर्थात् शुद्ध गर्नुपर्छ । यसका लागि गौमूत्रमा १० दिन जति डुबाएर राख्नुपर्छ र त्रिफला चूर्णको काँडामा पकाएर मात्र प्रयोग गर्न सकिन्छ । अर्को तरिका भनेको सूर्यको तापमा शिलाजित सुकाउने हो । पहिले गौमूत्रमा डुबाएर राख्ने र त्यसपछि ठूलो भाँडामा राखेर घाममा सुकाउनुपर्छ ।

घामको तापले गौमूत्रमा घोलिएको शिलाजितमाथि तरजस्तो जम्मा हुँदै जान्छ । त्यसलाई जम्मा गर्दै पुनः अर्को भाँडामा राखेर घाममा सुकाउन सकिन्छ । यसरी पटक–पटक घामको तापमा सुकाइएको शिलाजितलाई सूर्य तापी शिलाजित भनिन्छ । जुन निकै गुणकारी हुन्छ ।

  • शक्ति प्राप्त गर्न शरीर शुद्धीकरण

कुनै पनि रसायनकर्म आयुर्वेदिक औषधि प्रयोग गर्नुअघि शरीर शुद्धीकरण गर्नु आवश्यक छ । रसायन औषधिको शरीरको बाह्य शोधन र आन्तरिक शोधन आवश्यक हुन्छ । बाह्यमा शरीरमा बाफले सेकाउने वा घाममा बस्ने, पसिना निकाल्ने, कम्बल ओढ्ने, शरीरमा तेल मालिस गर्ने गर्नुपर्छ । यसले शरीरमा भएको विषाक्त पदार्थ बाहिरिन्छ ।

आन्तरिक शोधनमा शरीरले पचाउन नसकेको पदार्थलाई हटाउन उपवास गरिन्छ । उपवास गर्न सबैभन्दा पहिला व्यक्तिको उमेर, शारीरिक र मानसिक अवस्था, रोग प्रकृति, कुन समयमा गर्ने, कुन मौसममा भनेर हेरेर चिकित्सकले निर्जल गर्न सकिन्छ वा केही अन्नपानी खाएर गराउने भन्ने कुरा तय हुन्छ । युवा र प्रौढावस्थाका व्यक्तिले निर्जल उपवास गर्न सक्छन् भने वृद्धाहरुले एक छाक जौको पिठो पकाएर अन्न थोरै र पानी धेरै हालेर जाउलो खान सक्छन् ।

  • शिलाजितको उपलब्धता

बजारमा शोधन गरिएको शिलाजित क्याप्सुल र लेदोको रुपमा पाइन्छ । क्याप्सुल खाएपछि दूध खान सकिन्छ । लेदोको रुपमा छ भने दूधमा घोलेर खान सकिन्छ । शिलाजित शुद्ध भन्दै धेरैठाउँमा प्रशोधन नभएको बेच्ने गरेको पाइन्छ । त्यसैले चिकित्सकको सल्लाहमा मात्रै पहिचान गरेर सेवन गर्नुपर्छ ।

  • कुन उमेरकाले कति मात्रा खाने ?

शुद्ध गरिएको शिलाजित दुई ग्राम बिहान र बेलुकी दूधसँग मिसाएर खान सकिन्छ । रोगको प्रकृति हेरेर पनि चिकित्सकको सल्लाहमा शिलाजितको मात्रा घटबढ गराउन सकिन्छ । युवा र वृद्ध उमेरका व्यक्तिले मात्रै शिलाजित खानुपर्छ, बालबालिकाका लागि यो उपयोगी हुँदैन ।

  • कुनै असर छ कि ?

शिलाजितले शरीरलाई अति दुष्प्रभावी बनाउँदैन । राम्ररी शोधन नगरिएको शिलाजित प्रयोग गरेमा भने केही नकारात्मक असर पुर्‍याउन सक्छ ।

बान्ता हुने, झाडापखाला लाग्नेजस्ता पाचनप्रणलीका समस्या हुन सक्छन् । यसैगरी एलर्जी पनि देखिन सक्छ । गौमूत्रको एलर्जी हुनेले शिलाजित प्रयोग गर्नु हुँदैन । त्यसले स्वास्थ्य समस्या निम्त्याउँछ । शुद्ध शिलाजित मात्राअनुसार खाँदा नकारात्मक असर त्यति गर्दैन ।

तर शक्ति दिन्छ भन्दैमा शिलाजित निरन्तर खानु भने हुँदैन । यसले जटिलता निम्त्याउन सक्छ । पित्तको वृद्धि गराउने हुँदा शिलाजित खाएपछि अत्यधिक गर्मी भएको अवस्थामा तत्काल खान छाड्नुपर्छ । शिलाजितको प्रयोग गर्नुअघि सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ ।

(आयुर्वेदिक तथा वैकल्पिक चिकित्सक डा. केशरी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख हुन् । उनले भारतको राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सेसबाट द्रव्यगुणमा एमडी गरेका छन् ।)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४