Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट सर्वसम्मत


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २७ २०७९
  • 3.4K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट सर्वसम्मत चयन भएका छन् ।

बिहीबार धनगढीमा बसेको रास्वपाको प्रदेश विस्तारित बैठकले सभापतिमा विष्टलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

पेशाले इन्जिनियर रहेका विष्टले इमबेडेड सिस्टम्समा स्नातकोत्तर गरेका छन् भने करिब १५ वर्ष भारतमा बसेर हनीवेललगायतका विभिन्न अन्तर्राष्ट्रिय स्तरका कम्पनीहरुमा आबद्ध भएर प्राविधिक, कम्पनी म्यानेजर र व्यवस्थाप भएर काम गरेको अनुभव उनीसँग छ । सो क्रममा उनले जर्मन र यूएसलगायतका मुलुकमा पनि काम गरिसकेका छन् ।

चार वर्षअघि भारतबाट कैलाली फर्किएर व्यवसाय तथा कृषि उपकरण आविष्कारको क्षेत्रमा काम गरिरहेका छन् । विष्ट सामाजिक रुपान्तरण र न्यायका लागि आफू पनि सक्रिय राजनीतिमा आएको बताउँछन् ।

बिहीबार नै पार्टीका महामन्त्री मुकुल ढकालबाट पद तथा गोपनीयताको शपथ लिएका विष्टले ४३ सदस्यीय प्रदेश समितिसमेत विस्तार गरेका छन् ।

पार्टीको प्रदेश महामन्त्रीमा भोजराज जोशी चयन भएका छन् भने उपसभापति र सहमहामन्त्री चयन गर्न बाँकी छ । ४६ सदस्यीय प्रदेश समितिमा ३ जना सदस्य मनोनीत गर्न बाँकी रहेको रास्वपाले जनाएको छ ।

अब प्रदेश समितिले पदाधिकारी र बाँकी रहेका सदस्य मनोनित गर्दै पूर्णता दिनेछ भने प्रदेश समितिका सदस्यहरुबाटै ९ वटै जिल्लाका संयोजक र सहसंयोजक पनि चयन गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४