Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा संसदको पत्र कुर्दै प्रदेश प्रमुख, अर्को मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २६ २०७९
  • 1.9K
    SHARES

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएपछि प्रदेश प्रमुख देवराज जोशी नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा जुटेका छन् ।

उनले मुख्यमन्त्री पदमुक्त भएको पत्र आएपछि नयाँ मुख्यमन्त्री नियुक्ति अघि बढाउने तयारी गरेका छन् ।

संविधानको धारा १६८ (२) अनुसार २७ पुसमा मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता रावलले विश्वासको मत नपाएपछि उनी बिहीबार नै पदमुक्त भएका छन् ।

धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत नपाएमा सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

त्यस अनुसार १९ सिटसहित प्रदेशसभामा ठूलो दल रहेको नेपाली कांग्रेसको संसदीय दलको नेता कमल शाह मुख्यमन्त्री नियुक्त हुन सक्नेछन् ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले भने अर्को मुख्यमन्त्री नियुक्तिका विषयमा प्रदेश प्रमुख जोशीले परामर्श सुरु गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४