Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसईईमा कसरी राम्रो नतिजा ल्याउने ? नौ तरिका :


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २६ २०७९
  • 3.1K
    SHARES

काठमाडौँ । एसईई परीक्षामा कसरी राम्रो नतिजा ल्याउन सकिन्छ ? धेरै विद्यार्थीको मनमा यो प्रश्न हुनु स्वभाविक हो । परीक्षाको तिथि नजिकिंदैछ र यसको तयारी पनि गरिरहेकै होलान् ।

यद्यपि हाम्रा बालबच्चाको प्रवृत्ति के छ भने परीक्षाको बेला ‘टुपी बाँधेर’ वा ‘घुँडा धसेर’ पढ्ने, अनि अन्य दिनमा पढाइमा उति ध्यान नदिने । यसले परीक्षालाई सहज र नतिजा राम्रो बनाउँदैन, मात्र तनाव बढाउँछ ।

त्यसैले परीक्षामा राम्रो अंक ल्याउनका लागि कसरी पढ्ने भन्ने सही विधि अपनाउन जरुरी छ ।

१. समयतालिका तयार गरौं

पढ्नका लागि एउटा निश्चित समयतालिका तयार गरौं । एउटा सादा कापीमा राम्ररी तालिका बनाएर पढ्ने ठाउँमा टाँस्न सकिन्छ । यसरी तालिका बनाउँदा सबैभन्दा कठिन लाग्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ । यसरी तालिका बनाएर पढ्दा अनावश्यक कुरामा समय बर्बाद हुँदैन ।

२. पढेको कुरा मनन गर्ने र लेख्ने गरौं

हामीले जुन पाठ पढ्यौं त्यसलाई बुझ्ने प्रयास गरौं । अनि आफूले बुझेको कुरालाई कापीमा लेख्ने अभ्यास गरौं । कुनैपनि कुरालाई याद गर्ने सबैभन्दा प्रभावकारी विधि हो यो । यसरी अध्ययन गरिएको कुरा हामी सहज रुपमा लेख्न सक्छौं ।

३. स्वपरीक्षा लिने गरौं

आफूले पढेका पाठबाट आफैंले प्रश्न बनाउने र त्यसको जवाफ लेख्ने अभ्यास गरौं । यस्तो अभ्यास गर्दा हामीले परीक्षाकै शैली अपनाउन सकिन्छ । परीक्षामा झैं कुनैपनि कुरा नछुटाई बुँदा, उदाहरण आदि उल्लेख गर्दै आफैंले प्रश्न बनाएर आफैंले जवाफ लेख्ने अभ्यास गरौं । यसरी जवाफ लेख्दा हुबहु किताबको कुरा लेख्नेभन्दा पनि आफूले बुझेको कुरा मौलिक ढंगले लेखौं ।

४. अप्ठ्यारा कुरा नोट बनाएर भित्तामा टाँस्ने गरौं

कतिपय कुरा सहजै ग्रहण गर्न सकिंदैन । स्मरण गर्दा पनि नआउन सक्छ । त्यस्ता कुरालाई ठूलो अक्षरमा नोट बनाएर भित्तामा वा बोर्डमा टाँस्ने गरौं । त्यही कुरा बारम्बार देखिरहेपछि हामीलाई स्मरण गर्न सहज हुन्छ ।

५. आराम लिने गरौं

कुनैपनि कुरा एकोहोरो पढ्दा सबै कुरा हाम्रो मस्तिष्कले ग्रहण गर्दैन । त्यसैले निश्चित समयमा विश्राम लिने गर्नुपर्छ । धेरै तनाव लिएर वा जोड–जबर्जस्ती पढ्नेभन्दा आफूलाई सहज लाग्ने ढंगले पढ्नु प्रभावकारी हुन्छ । धेरै तनाव लिनै हुन्न ।

६. गहिरो सास लिने, पानी पिउने गरौं

हाम्रो स्वास्थ्य ठीक भयो भने मात्र पढेका कुराहरु हामीले बुझ्न सक्छौं । यसका लागि स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । पढिरहेको समयमा गहिरो सास लिने, पर्याप्त पानी पिउने, ताजा फलफूल खाने, हल्का व्यायाम गर्नेजस्ता अभ्यास एकदमै राम्रो हुन्छ ।

७. मनोरञ्जन र खेलमा पनि समय दिने गरौं

पढाइमा विश्राम लिएर बेलाबेला गीत सुन्ने, गीत गाउने, रमाइलो गर्ने वा आफूलाई जुन कुरामा मनोरञ्जन हुन्छ, त्यो गर्ने बानी राम्रो हो । गाउने, खेल्ने कुराले फूर्तिलो र ताजा राख्छ । यस्तो अवस्थामा पढेको कुरा सहजै ग्रहण गर्न सकिन्छ ।

८. पर्याप्त निद्रा पुर्‍याउने गरौं

परीक्षाको बेला कतिपय रातभर जागा रहन्छन् र एकोहोरो पढ्ने गर्छन् । यसरी पढ्नु उचित होइन । परीक्षाको बेला निद्रा पुगेन भने कुनैपनि कुरालाई सही ढंगले स्मरण गर्न र लेख्न सकिंदैन । त्यसैले पर्याप्त सुत्नुपर्छ । कम्तीमा सातदेखि आठ घण्टासम्म गहिरो निद्रा लिनैपर्छ ।

९. पढेको कुरामा छलफल गर्ने गरौं

आज हामीले जुन पाठ पढ्यौं, त्यस विषयमा साथीभाइ वा परिवारसँग छलफल गर्नु निकै प्रभावकारी हुन्छ । पढेको पाठमै केन्द्रित रहेर छलफल गर्दा त्यसलाई नयाँ आयामबाट बुझ्न र स्मरण गर्न सहज हुन्छ ।

साथै पढाइ मात्र होइन आफ्नो खानपान, जीवनशैलीमा पनि उत्तिकै ध्यान दिनुपर्छ । पढाइमा तनाव लिनु जरुरी छैन । बरु रचनात्मक ढंगले परीक्षा दिन्छु भनेर तयारी र अभ्यास गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४