काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल विश्वासको मत पाउन असफल भएका छन् । प्रदेशसभाको बैठकमा सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नका लागि पेश गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उनले बहुमत पाउन नसकेका हुन् ।
यससँगै गठन भएको एक महिनामै सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ । हुन्छ भन्ने मान्य सदस्यहरुको संख्या भन्दा हुन्न भन्ने मान्य सदस्यहरुको संख्या अधिक देखिएकाले मान्य मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पेश गरेको विश्वासको मत प्राप्त होस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु’, बैठकमा सभामुखले भण्डारीले भने ।