Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रेशमलाई छुटाउन प्रचण्ड र ओलीले लिखित प्रतिबद्धता जनाउनुपर्छ : नाउपा नेता चौधरी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २६ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा २७ पुसमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र सिंह रावलले बिहीबार विश्वासको मत लिँदैछन् ।

रावलले दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । काठमाडौंमा रहेका नाउपाका प्रदेशसभा सदस्यहरु बैठकमा सहभागी नहुने अवस्था देखिएपछि बुधबारको बैठक स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो ।

मुख्यमन्त्री रावलले विश्वासको मत पाउने/नपाउने अझै अन्यौल छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिका रुपमा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लिने निर्णयका आधारमा मुख्यमन्त्री रावलको भविष्य तय गर्नेछ । किनभने आफ्नो पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म विश्वासको मत नदिने अडान नाउपाले लिएको छ ।

नाउपासँग सत्ता गठबन्धनका नेताहरु अन्तिम र निर्णायक छलफलमा सक्रिय छन् । सोही अन्तरगत बुधबार नागरिक उन्मुक्ति पार्टीका नेताहरुसँग प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नाउपाका नेताहरुसँग भेटघाट गरेका थिए ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित प्रदेशसभा सदस्यहरुको उपस्थितिमा भएको भेटमा उनीहरुले रेशम चौधरीको रिहाइका लागि ठोस प्रतिबद्धता खोजेका थिए । ‘उहाँहरुलाई सरकारले चाहेर पनि अहिलेको अहिल्यै छुटाउन त सक्दैन तर सरकारले पहल गर्न ठोस प्रतिबद्धता त जनाउनुपर्‍यो नि,’ छलफलमा सहभागी एक प्रदेशसभा सदस्यले भने, ‘त्यो भनेको उहाँहरुले लिखित प्रतिबद्धता गर्नुपर्छ भन्ने कुरा हो ।

नाउपा सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले पनि बुधबार भएका शीर्ष तहको भेटमा ठोस समझदारी नबनेको बताउँदै विश्वासको मतबारे अहिले भन्न सकिने अवस्था नरहेको जनाएका छन् । ‘उहाँहरु (प्रचण्ड र ओली) सँगको भेटमा हामीले हाम्रा माग, मुद्दा सम्बोधन गरिदिनुपर्यो । त्यसपछि मात्र सुदूरपश्चिममा विश्वासको मत दिन सकिन्छ भन्ने कुरा राखेका थियौं,’ चौधरीले भने, ‘उहाँहरुले प्रक्रियामा अघि बढिसकेकाले पूरा गर्छौं भन्ने आश्वासन दिनुभयो तर हामीले उधारो आश्वासन र सम्झौता मान्दैनौं भनेका छौं ।

चौधरीले अहिले आफूहरु काठमाडौंमै रहेको बताउँदै विश्वासको मतबारेमा छलफल जारी रहेको उल्लेख गरे । सरकारबाट आफ्ना माग सम्बोधन हुने स्थितिमा भने मुख्यमन्त्री रावललाई विश्वासको मत दिने उनी बताउँछन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबार विश्वासको मत लिन नसकेको अवस्थामा भने उपधारा ३ सक्रिय बन्नेछ । जसअनुसार प्रदेश प्रमुखले ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४