Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदीय चुनावमा तेस्रो हारपछि दसौंदी बने राष्ट्रिय सभा सदस्य


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २५ २०७९
  • 2.9K
    SHARES

काठमाडाैं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।

बुधवार भएको उपनिर्वाचनमा ४ हजार २६ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका माधवप्रसाद आचार्यलाई ३२६ मतभारले पराजित गरे । योसँगै उनले साढे तीन दशक लामो राजनीतिक जीवनमा पहिलो पटक संसदीय राजनीतिको यात्रा तय गरेका छन् ।

प्रतिनिधि सभा तथा संविधान सभामा गरी तीन पटक चुनाव हारेका उनी थुप्रै उतारचढावबीच राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

शिक्षक हुँदै सांसद

२०२३ सालमा रोल्पाको तत्कालीन सैवाङ गाविसको डुबिडाडामा जन्मिएका दसौंदीले २०३६ सालबाट विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए । ०४१ सालमा नेकपा कम्यूनिष्ट पार्टीमा आवद्ध भएका उनी ०४३ सालपछि शिक्षण पेशा लागे ।

उनले गाउँकै सैवाङ माविबाट अध्यापनमा सुरु गरे । त्यसपछि ०४८/०४९ सालको शिक्षक/कर्मचारी आन्दोलनको नेतृत्व गरे । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले उनलाई शिक्षकबाट निम्बन गर्‍यो ।

०५१ सालपछि उनी शिक्षण छोडेर पूर्णरुपमा राजनीतिमा होमिए । ‘शिक्षकबाट निम्बनमा परेपछि उहाँ पूर्णकालीन राजनीतिमा लाग्नुभयो’, कुनै समय रोल्पाको पार्टीमा सँगै रहेर काम गरेका नेकपा एमालेका नेता एवं तुलसीपुर मेयर टीकाराम खड्काले भने ।

दसौंदी ०४६ सालमा बहुदल आएपछि पार्टीसँग जोडिएका थिए । २०५१ सालमा उनी रोल्पाको होलेरीमा भएको प्रथम अधिवेशनमा पार्टीको जिल्ला उपसचिव भए । २०५४ सालमा भएको पार्टी विभाजनपछि उनले सचिव भएर १० वर्ष जिम्मेवारी सम्हाले । द्वन्द्वका बेला तत्कालीन एमालेका इन्चार्ज शंकर पोखरेलले सुरु गरेको शान्ति पदयात्रा अभियानमा पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

लगातार हार

राजनीतिमा चुनावी हार/जीत स्वभाविक मानिन्छ । तर उनले आफ्नो राजनीतिक जीवनमा भने सबैजसो चुनावमा लगातार हार व्यहोर्नु पर्‍यो । २०५१ सालमा उनी पहिलो पटक रोल्पा २ नम्बर क्षेत्रबाट सांसदमा चुनाव लडेका थिए । त्यसपछि ०५६ साल र ०७० सालको संविधान सभाको चुनाव लडे ।

तर उनी यी तीनवटै चुनावमा पराजीत भए । त्यहीकारण उनले संसदीय राजनीतिक यात्रा तय गर्न सकेनन् । ०७४ सालमा भने प्रदेश सभा सदस्यको समानुपातिकमा थिए, तर सांसद हुन पाएनन् । गएको ०७९ सालको चुनावमा पनि उनी प्रतिनिधि सभा सदस्यको समानुपातिकमा सिफारिसमा परे तर सांसदको सूचिमा परेनन् ।

महिनादिन अघिमात्र एमालेले माओवादीसँग गरेको गठबन्धन लाभ भने यो पटक दसौंदीले लिन पाए । र, लुम्बिनीको भुगोलबाट भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ दलहरुको समर्थनमा उनी बुधवार राष्ट्रिय सभा सदस्य बने ।

दसौंदी रोल्पाको राजनीतिक र सामाजिक आन्दोलनसँग जोडिएको कुशल पात्र भएको उनका समकालीन टिकाराम खड्का बताउँछन् । ‘उहाँ पार्टी आन्दोलनमा लामो समय लागेको व्यक्ति हो’, उनले भने, ‘ढिल्लै भ एपनि पार्टीले उहाँको मुल्याकन गरेको छ, उहाँमाथि न्याय भएको छ ।’

लामो राजनीतिक जीवन बिताए पनि कहिल्लै संसदीय राजनीतिमा प्रवेश गर्न नपाएका उनी भने आफ्नो जितलाई रोल्पावासीमाथि न्याय भएको बताउँछन् ।

‘लामो राजनीतिक जीवनमा जिल्लावासीका लागि काम गर्ने मौका पाएको थिइनँ, अब ठाउँमा पुगेको छु’ बुधवार विजयीपछि अनलाइनखबरसँग खुसी साट्दै उनले भने,आफ्नो कार्यकाल जिल्लाको विकासमा सर्मपित हुनेछु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४