Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २५ २०७९
  • 3K
    SHARES

काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको छ ।

मन्त्रालयले भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई `ख´ वर्गको एम्बुलेन्स उपलब्ध गराएको हो ।

उटा एम्बुलेन्स खरिद गर्न ५२ लाख ९० हजार रुपैयाँ लागत लागेको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले जानकारी दिए ।

गएको वर्ष मन्त्रालयले ५ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सिमान्तकृत, लोपोन्मुखलगायतका स्वास्थ्यको पहुँचमा नपुगेका नागरिकलाई स्वास्थ्य बीमा मार्फत सबैलाई स्वास्थ्यको पहुँचमा ल्याइने बताए ।

प्रदेश सरकार स्वास्थ्य अनुसन्धान परिषद् र प्रतिष्ठान गठन गर्ने तयारीमा रहेको उनले बताए । निशुल्क प्रदान गरिने औषधी अभाव हुन नदिने तथा सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार गम्भीर रहेको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४