Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछानेले ऐय्या भन्दा जसलाई पर्‍यो चोट !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २२ २०७९
  • 2.3K
    SHARES

काठमाडौँ । सरकारबाट बाहिरिने निर्णय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मूलधारका मिडियाहरुप्रति आक्रोश पोखेका छन् ।

आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले मूलधारका पत्रिका र अनलाइन मिडियाको कडा आलोचना गरेका हुन् ।

उनले मिडियाका मालिक र सम्पादकलाई देश चलाउने भए आफूसँग चुनावमा लड्न चुनौती समेत दिए । आफूलाई ठुला मिडियाहरुले घेराबन्दी गरेर सिध्याउन खोजेको जिकिर गर्दै लामिछानेले मिडियाका १२ सम्पादकहरू मिलेर देश चलाउन खोजेको आरोप लगाए ।

उनले भने, ‘मैले गरेको अपराध के ? यत्रो मन्त्री बनिरहँदा त यिनीहरूले यो यो अपराध ग¥यो भनेर लेखिदिए त हुन्थ्यो नि ! त्यत्ति कुरा छ, जुन मैले ४ वर्षअघि सार्वजनिक रुपमा बताएको छु । प्रक्रियागत त्रुटि होला त्यसको मैले सजाय भोगेँ । 

उनले आफूले पासपोर्ट दुरुपयोग नगरेको जिकिर गर्दै भने, ‘म आफ्नो देश आउन पासपोर्ट लिएको हुँ, त्यसको मैले दुरुपयोग गरेको छैन, त्यसमा कुन कानुन आकर्षित हुन्छ म भोग्न तयार छु । तर मैले स्पष्ट रुपमा ४ वर्षअघि भनेको कुरा, त्यही चिज हेडलाइन बनेको बन्यै छ । १२ भाई पत्रकार जम्मा भएर घरी एउटाले एउटा लेखेको छ, घरी अर्कोले अर्कोतिरबाट यति धेरै प्रहार एउटा मान्छेका लागि ? मैले मै गृह मन्त्रालय जानुप¥यो मै जानुपर्छ भनेर तपाईँहरूले कतै देख्नुभएको छ ?

पत्रिकाहरुले निरन्तर रुपमा स्वार्थ बाझिनेगरी गृह मन्त्रालयमा जान लागेको भनेर लेखेको प्रति आपत्ति जनाउँदै उनले नामै किटेर कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट, अनलाइन खबर सेतोपाटी लगायतका मिडियाका मालिकहरुको बारेमा तिक्तता पोखे ।

उनले भने, ‘नेपाली मिडियाको कन्फ्क्टि अफ इन्ट्रेष्टका बारेमा बोल्ने आँट त कसैलाई छैन । ओहो कान्तिपुरलाई चलायो भने त मार्छ सिध्याउँछ, ढाल्छ । कान्तिपुरले सिध्याइँदिन्छ ? अनलाइन खबर नचालाऔैं सिध्याइँदिन्छ, सिध्याइँदिन्छ ? उसले नभएका कुराहरु निरन्तर रुपमा लेख्ने, ओहो सेतोपाटी चलाउनु हुन्छ अमित ढकालले यत्रो लामो आर्टिकल लेखेर सिध्याइँदिन्छ, यसलाई यसरी बुझ्नुस् भन्छ ऊ, हामीलाई बुझ्न दिँदैन । तपाईँले बुझ्ने हैन, उसले भनेजसरी बुझ्नुपर्छ । यसलाई यसरी बुझ्नुस् भन्नुहुन्छ उहाँ, हामीले बुझ्न पाइँदैन । गलत शीर्षक राखेर…पद लोलुप रवि भनेर लेखियो । अनि त्यही शीर्षक हेरेर ट्वीटरमा बस्ने विद्धान साथीहरू लेख्छन्, यी हेर पदलोलुप रवि भन्नुहुन्छ । यसले इन्ट्रेष्टमा लेखेको छ कि त्यसै लेखेको छ अरुलाई त थाहा छैन । अनि माननीय सांसदहरुले पत्रिकामा आएको छ, आज अनलाइनमा आएको छ भन्नुहुन्छ । ती अनलाइनमा सत्य आएको छ ? सही आएको छ ?

उनले नेपालको मिडियालाई रिजाएर मात्र काम गर्न पाइने नत्र सिध्याउन लागिपरेको उल्लेख गरे । उनले मिडियाका सम्पादकहरुले देश चलाउने हो भने चितवन क्षेत्र नम्बर २ मा चुनाव लड्न आउन चेतावनी दिए । उनले भने, ‘चुनाव लड्न कैलास सिरोहिया आउने कि, रामेश्वर थापा आउने ? अमित ढकाल आउने हो कि शिव गाउँले आउने हो कि ? को–को आउने हो ? देश चलाउने भए चुनावमा आउनुस् । देश तपाईँले चलाउने हैन मिडिया चलाउने हो । अदालतलाई प्रभावित पार्नेगरी एउटै कुरा तपाईँले ५ पटकसम्म लेख्नुभएको छ ।’

मिडियाबारे रविले राखेका आलोचनाका केही बुँदा

  • २०७२ साल मंसिर २६ गते शनिवार बिहान माइतीघर मण्डलामा बा २ च ६३०० नम्बरको भक्सवागन कम्पनीको सेतो रंगको निजी कार दुर्घटना हुँदा त्यसमा सवार ४ जना घाइते भएका थिए । कार सडकमा उत्तानो परेर सर्वसाधारणले प्रहरीलाई खबर गरेपछि घाइते युवायुवतीलाई नर्भिक अस्पतालमा लगियो । त्यो गाडी कसको थियो तपाईँहरूलाई थाहा छ ? तपाईँहरूलाई थाहा छ तर प्रहरीको रेकर्डमा छैन । त्यो कार कान्तिपुर मिडिया ग्रुपको नाममा थियो । चालक थिए, कैलाश सिरोहियाका जेठा छोरा सम्भव सिरोहिया । त्यो कार उनले चलाएका थिए । घटना सामसुम भयो । पूर्व राजकुमार पारस शाहले हेलमेट नलगाएको भनेर समाइन्छ भने कान्तिपुरको मालिकको छोरालाई नवयुवराज बनाइएको हो ? त्यो गाडीका तस्बिरहरू हामीसँग छन्, यो घटना लुकाइयो, यो कसैले छाप्न सक्छ ? हुन्न कसैले हुन्न ! कैलाश सिरोहियाले सिध्याइँदिन्छ । तर, रवि लामिछाने त्यस्तो कसैसँग डराउँदैन ।
  • कोरोनाकालको एउटा घटनापनि सुनाउँछु, ‘कान्तिपुरका निर्देशक कैलाश सिरोहियाले अगष्ट २७, २०२० मा एउटा ट्वीट गर्नुभएको थियो । सोल्टी होटलको बारेमा जुन गाइँगुइँ चलेको थियो, त्यो गंभीर प्रकृतिको थियो । सायद कुनै महिलाले उहाँलाई दुर्व्यवहार गर्नुभयो होला, उहाँ दुर्व्यहारमा पर्नुभयो होला । यसबारे प्रहरीले कुनै अनुसन्धान त गरेन, जो ट्वीटमा भनिएजस्तो कैलाशले अहिलेसम्म कहाँ उजुरी दिए, त्यसबारे अहिलेसम्म के सुनुवाई भयो थाहा छैन ।सोल्टी होटेलसँग जोडेर..आएको कुरा गंभीर कुरा थियो, तर कसैले खोज्दैन । कान्तिपुर त छाप्दिन्छ नि रविको पासपोर्ट, यति जेल…! अब त्यो हाल्नेबित्तिकै अदालतले त हे¥यो, ओहो..न्यायाधीशले हेर्ने त त्यही पत्रिका हो, त्यो पत्रिका मधेसमा जाँदैन, गाउँमा जाँदैन, माफ गर्नुस् पत्रकार साथीहरु त्यो पत्रिकाले तपाईको मालिकलाई स्थापित ग¥यो, नेपाली जनताको मुद्दालाई स्थापित गरेन ।
  • अझ कान्तिपुरको अर्को समाचारमा हुँदै नभएको सीआईबीको आधार बनाएर समाचार लेखिएको थियो, जुन अजय सुमार्गीले भनेका थिए, जुन अदालतको फैसलामा छ । काठमाडौं जिल्ला अदालतको फैसला, जसको अंश यस्तो छ–‘….नेपालमा अहिले प्रचलित तर खासै चर्चामा नआएको आर्थिक पदावदी गोल्डेन शेयर छ, यो त्यस्तो व्यवसाय हो जुन कुनैपनि ठूलो मिडिया कान्तिपुर दैनिकका सञ्चालक कैलाश सिरोहियालाई केही प्रतिशत नजराना दिनुपर्ने हुन्छ । निज सिरोहियाले शेयरको सट्टा पुरानै मोलमा जग्गा मागे भनेर स्पष्ट रुपमा भनेका थिए ।’
  • चन्द्रागिरी हिल्सको निरन्तर समाचार र फलोअपपछि शेयर पाएपछि समाचार अकस्मात बन्द भयो ।
  • राजालाई दाम चढाएजस्तो, कसैले व्यापार नै गर्न नहुने, उहाँलाई चढाउनुपर्ने, कसैले इन्सुरेन्स खोल्यो उहाँलाई चढाउनुपर्ने ?
  • पोखराका शिव बास्तोला र गीता श्रेष्ठको नाममा जग्गा किन्दा देव विकास बैंकमा ५ करोड २५ लाख जम्मा गरेको कीर्ते भौचर देखाएर मालपोतमा जग्गा पास गरेको भन्ने अन्नपूर्ण पोष्टका र सिम्रिक एयरका मालिक रामेश्वर थापामाथि जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी मुद्दा जाहेरी परेको छ । अनुसन्धान नै नगरी चुपचाप दबाइएको छ ।
  • आफूले जाँड खाएर गाडी पल्टाएर मान्छे हानेको लुकाउने, हामीले ४ वर्षअघि भनेको र मुद्दा लडिरहेको कुरा दिनदिनैको हेडलाइन ? अनि हामीलाई प्रश्न कन्फ्ल्क्टि अफ इन्ट्रेष्ट ? न्यायको सिद्धान्तअनुसार कानुन चल्नुपर्छ, म गृह मन्त्रालय पुगेपछि उहाँहरुलाई यसकै पिर प¥यो ।
  • कहिलेकाहीँ उहाँहरु (मिडियाका सम्पादक) कतिको नैतिकवान हुनुहुन्छ भनेर सम्पादकनी भाउजुले मेसेज डिलिट गरेको छ कि छैन हेर्नु नि । सम्पादकनी भाउजुहरु भेट्न आउनुहोला तपाईंका आदर्शवान श्रीमानहरु जसले मलाई चरित्रहीन देखाउनुभएको छ, तपाईँका आदर्शवान सम्पादकहरुको वास्तविक हैसियत र मुकुण्डो म उतारिदिन्छु, आउनुहोस् ।
  • जनता जान्न चाहन्छन् भन्ने ऋषि धमलाको बारेमा त के कुरा गर्ने ? कहिलेकाहीँ जोकर भएन भनेर सर्कस छोडिदिए हुन्छ, ५ करोडमा ग्यालेक्सी खोल्ने बेलाको भिडियो जिवी राईको मोबाइलमा छ । दीपक बोहोराको मोबाइलमा सरुवा गराइदिनुप¥यो भनेर मेसेज गरेको छ, उसको के कुरा गर्नु मैले !

उनले आफू नैतिकतामा नबस्ने मिडियाहरु मालिकहरुले अरुलाई नैतिकताको पाठ पढाउने भन्दै आक्रोश व्यक्त गरे । उनले आफू अमेरिका जानुअघि नेपाल टेलिभिजनमा कार्यक्रम चलाउँदा पनि असहयोग भएको, विश्वकै लामो टिभी अन्तर्वार्ता गरेर विश्व कीर्तिमान गरेर गिनिज बुकमा नाम राख्दापनि नेपाली सञ्चारमाध्यमले स्थान नदिएको र अहिले अत्यधिक प्रहार गरेको गुनासो गरे । उनले कान्तिपुर, अनलाइन खबर सेतोपाटी, रातोपाटीलगायतका मूलधारका मिडियाले आफ्नो बारेमा जे लेखेपनि फरक नपर्ने समेत बताए ।

लामिछानेको अभिव्यक्तिको महासंघद्वारा आलोचना

यसैबीच नेपाल पत्रकार लामिछानेले पत्रकार सम्मेलनका क्रममा दिएको अभिव्यक्तिको विरोध गरेको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाएको महासंघको ठहर छ । महासंघले विज्ञप्तिमार्फत धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जनाएको छ ।

संसदको चौथो ठुलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने महासंघले जनाएको छ ।

‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ’, महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ ।’ महासंघले लामिछानेको धम्कीपूर्ण अभिव्यक्ति दिएको ठहर गर्दै कडा शब्दमा निन्दा गरिने पनि विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४