Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी फकाउने, एमाले तर्साउने रणनीतिमा कांग्रेस


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २२ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । हातमा परेको सत्ताको ठूलो माछा गुमाएर पश्चातापमा रहेको नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र लाईफकाएर नेकपा एमालेप्रति रिस फेर्ने रणनीतिमा लागेको छ । संसदको ठूलो दल भएर पनि सत्ता र शक्तिबाट विमुख नेपाली कांग्रेस राष्ट्रपति आफ्नो पोल्टामा पार्ने खेलमा छ । पूर्व सहमति विपरीत राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले अमूर्त निर्णय गरेपछि सरकारका निर्माता रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली थप सशंकित बन्नु भएको मात्र छैन, रवि लामिछानेको बहिर्गमनपछि विकसित घटनाक्रमले गठबन्धनमा विश्वास कमजोर बन्दै गएको छ ।

पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले नेकपा एमालेकोतर्फबाट सभामुखमा प्रत्यासी देवराज घिमिरेविरुद्ध ईश्वरी न्यौपानेलाई उम्मेदवार उठायो । संसदभित्र कम आकर्षक पद मानिने उपसभामुखमा समेत उसले प्रत्यासी खडा गर्‍यो ।

अहिले राष्ट्रियसभाको उपाध्यक्ष पदमा ठीक उल्टो नेकपा माओवादी केन्द्रलाई सघाउने निर्णय गरी नाङलो ठटाएर हात्ती तर्साउने रणनीतिलाई नेपाली कांग्रेसले तीब्रता दिएको बुझिन्छ । यी सबै चुनाव जित्नेभन्दा नेकपा एमालेसँग पौंठेजोरी खेलेर नेकपा माओवादी केन्द्रलाई बुई बोक्ने चालबाजी हो । नेपाली  कांग्रेसको यसखाले आफूलाई कुनोमा पार्ने रणनीति बुझेको नेकपा एमालेले संसदमा विशेष समय लिएरै सत्ताबिहीन नेपाली कांग्रेसको छटपटीले अस्थिरता निम्त्याएको टिप्पणी गर्‍यो ।

नेपाली कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको सरकारलाई विश्वासको मत दिएर पुस १० गते भत्किएको आफू नेतृत्वको ५ दलीय सत्ता गठबन्धनलाई ब्युँताउने प्रयासस्वरुप नेकपा माओवादी केन्द्रलाई फकाएर नेकपा एमाले चिढ्याउने रणनीति बनाएको बुझ्न कठिन छैन । पार्टीका प्रभावशाली नेताहरुको असहमति बाबजुद् पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा  नेकपा माओवादी केन्द्र विरुद्ध उम्मेदवारी नै दिएन ।

सत्ता गठबन्धनले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारमा नेकपा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याललाई अघि सारेको छ । नेपाली कांग्रेसको उम्मेदवारी नपर्ने भएपछि अब अर्याल निर्विरोध हुने करिब निश्चित जस्तै छ । यो निर्णयले नेकपा एमालेलाई थप चिढ्याउने पक्का छ ।

यी सबै परिघटनाको अन्तर्य नेपाली कांग्रेसले आसन्न राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रको मत लिने प्रयास स्वरुप मिल्काइएका तुरुप नै हुन । यही प्रयासस्वरुप नेपाली कांग्रेसले संघीय संसद मात्र हैन, प्रदेशमा समेत समर्थन जनाइरहेको छ । नेपाली कांग्रेसले सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेले अघि सारेका उम्मेदवारहरुविरुद्ध भने चुनौति दिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा फाटो ल्याउने अविराम प्रयासमा उ लागेको देखिन्छ ।

पहिलाको गठबन्धन भत्किएपछि अनाथजस्तो देखिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि यो समीकरण रुचाएको छैन । केन्द्रीय कमिटी बैठकमाप्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष माधवकुमार नेपालले गठबन्धन राष्ट्रपतिको चुनावसम्म मात्र रहने प्रक्षेपण गर्नुभएको छ ।

एकातिर नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको निकटता बढ्नु, सत्ता विमुख दलहरुको मोर्चाबन्दी कस्सिनु अर्कातिर प्रधानमन्त्री दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र सहमतिमा इमान्दार नदेखिनु भावी राजनीति थप जटिल बन्दै जानुको संकेत हो । चुनाव भएको केहि दिन नवित्दै शक्ति र सत्ताका लागि भएका यसखाले खेलकुद निश्चय नै लोकतन्त्रको मर्म र मर्यादा विपरीत हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४