Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वप्रकाशको टिप्पणी- आज संसदमा ओलीको चुनावी भाषण सुन्नुपर्‍यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २२ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली कांग्रेस फोबियाबाट कहिले मुक्त हुन सुझाव दिएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै ओली नेपाली कांग्रेसमाथि खनिएका थिए। एक घन्टा भन्दा बढी समय बोलेका ओलीले अधिकांश समय नेपाली कांग्रेसविरूद्ध खर्चिएका थिए।

नेपाली कांग्रेसले देशको राजनीति अस्थिर बनाउन खोजेको, प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थापेको, सत्ता नहुँदा पानी बाहिरको माछाजस्तै भएकोलगायत आरोप ओलीले लगाएका थिए। झापा-१ का सांसदसमेत रहेका नेपाली कांग्रेस महामन्त्री शर्माले ओलीको भनाइमाथि सामाजिक सञ्जालबाट टिप्पणी गरेका हुन्।

सत्तारूढ दलका मुख्य नेताले विशेष समय लिएर प्रतिपक्षको चर्को आलोचना गरेको चुनावी भाषण सुनेर पनि नौलो राखेको उनले बताएका छन् । सत्तारूढ पार्टीको मुख्य नेताले विशेष समय लिएर प्रतिपक्षको चर्को आलोचना गरेको चुनावी भाषण आज संसदमा सुन्नु मेरा लागि नौलो अनुभव रह्यो,’ उनले ट्विटरमा लेखेका छन्, ‘पिजँडाको फलामे साङ्लो कसिलो बनाउन जारी प्रयत्नको पक्षमा सुनको बालाको कथाको आरोप भने कमजोर तर्क लाग्यो।

नेपाली कांग्रेसका नेताहरूले विश्वासको मत दिएर ढोक्सा थापेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएको ओलीले बताएका थिए ।

‘ढोक्साको कुरा आएपछि उहाँहरूले हामीले सडकमा पुर्‍याएका प्रचण्डलाई प्रधानमन्त्री बनाएर तपाईंले पिजँडामा राख्नुभयो भनेर मलाई आँखा तर्नुभयो, उनले भने,‘सभामुख र उपसभामुखजस्ता साझा पदमा उहाँहरू सहमति गर्नुहुन्न। प्रधानमन्त्री र मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सहमतिको राजनीति भन्नुहुन्छ।

शर्माले कांग्रेस यसअघि पनि प्रतिपक्षमा सहज रूपमा बसेको बताएका छन् ।

‘प्रथम राष्ट्रपतिको चुनाव जित्दै गर्दा पनि नेपाली कांग्रेस प्रतिपक्षमै थियो। अत बुझ्नेका लागि यो प्रक्रिया लोकतान्त्रिक अभ्यास, नबुझ्नेका लागि ढोक्सा ! श्रद्देय कमरेड केपी शर्मा ओली नेपाली कांग्रेस फोबियाबाट तपाईं कहिले मुक्त हुने ? उनले ट्विटरमा लेखेका छन्, ‘विघटनको पक्षमा बोल्ने साहस भने आज राख्नुभएन। धन्यवाद।

यस्तै शर्माले संसदमा कसैको पनि कुण्ठा, आक्रोश र गाली व्यक्त गर्ने मञ्च नबनाउन पनि अनुरोध गरेका छन‍्।

‘संसद कसैको पनि कुण्ठा, आक्रोश र गाली व्यक्त गर्ने मञ्च नबनाऔं। विचार र विकासको जिम्मेवार बहसको थलो बनाऔं l यो अपील सबैभन्दा बढी मेरा जिल्लावासी कमरेड श्रद्देय केपी शर्मा ओली,’ उनले लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४