Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बृहस्पती ग्रहमा थप १२ वटा चन्द्रमा भेटिए


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २२ २०७९
  • 1.9K
    SHARES

एजेन्सी । बृहस्पति ग्रहमा थप १२ वटा चन्द्रमा रहेको खगोलविद्हरुले दावी गरेका छन् ।

सौर्य मण्डलमै सबै भन्दा बढी चन्द्रमामा रहेको दावी गर्दै आएका खगोलविद्हरुले बृहस्पती ग्रहमा थप १२ वटा चन्द्रमा पत्ता लागेसँगै बृहस्पतिमा कुल ९२ चन्द्रमा पत्ता लगाएको जनाएका हुन् । खगोलविद्हरुले यसअघि शनि ग्रहमा ८३ वटा चन्द्रमा पत्ता लगाएकाे बताएका थिए ।

अमेरिकाको हवाई र चिलीमा गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ति नयाँ चन्द्रमा पत्ता लागेको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको छ । नयाँ चन्द्रकोमा आकार ०.६ माइलदेखि दुई माइलसम्मका रहेको जनाइएकाे छ ।

आगामी अप्रिलमा युरोपेली अन्तरिक्ष एजेन्सीले बृहस्पति ग्रह र त्यसका केही ठूला चन्द्रमाको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्ने भएकाे छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र (नासा) ले पनि आगामी वर्ष अर्को यान प्रक्षेपण गर्ने भएकाे छ ।

खगोलविद्हरूका अनुसार बृहस्पति र शनि साना चन्द्रमाले भरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४