Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता गरिंदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २२ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता गरिंदैछ ।

संसद् सचिवालयले त्यसका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरेको छ । संसद् भवनको ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ २३ गते सोमबार दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गर्नुभएको थियो । त्यस्तै, सवा ४ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि एक वर्षदेखि राष्ट्रियसभा उपाध्यक्षको पद रिक्त छ ।

सत्ता पक्षबाट नेकपा (माओवादी केन्द्र) की नेतृ उर्मिला अर्याललको उम्मेदवारी तय भएको बुझिएको छ । तर, विपक्षी नेपाली कांग्रेस भने अझै पनि अलमलमै छ ।

कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतका विपक्षी दलहरुको आइतबार बिहान बस्ने बैठकले उम्मेदवार तोक्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४