Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति निर्वाचनमा विचार मिल्नेसँग सहकार्य गर्ने माओवादी निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २१ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति, त्यसो नहुँदा जोसँग विचार र लक्ष्य मिल्छ उसैसँग मिलेर जाने निर्णय गरेको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको चुनावसम्म जाँदा सकेसम्म सहमतिको पक्षमा उभिने बताउनुभयो ।

नेकपा कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएको हुनाले यो वा ऊ दल नभनी नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय लिएको उहाँको भनाई छ । यदि सहमति नभए विचार र कार्यदिशा मिल्ने दलसँग मिलेर अघि बढ्ने निर्णय भएको जानकारी उहाँले दिनुभयो । अहिलेसम्म नेकपा एमालेलाई बाहिर राखेर सहमतिको कुरा नगरिएको भन्दै उहाँले सरकारलाई सहयोग गर्ने दलहरुबीच पनि छलफल हुने बताउनुभयो ।

बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले आगामी दुई महिना सबै नेताहरु फिल्डमा नै गएर पार्टीको वस्तुस्थिति बारे अध्ययन गर्ने निर्णय भएको बताउनुभयो । उहाँले पार्टी संगठन सदृढीकरणका लागि अभियान चलाउने जानकारी दिनुभयो ।

उपाध्यक्ष महराले पार्टी संगठन सुदृढीकरण अभियानमा सबै तहका कमिटी परिचालन गर्ने र जनस्तरबाट नै राजनीतिक सुझाव लिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४